• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

स्यालाखदीमा बर्थिङ सेन्टर स्थापना

सानीभेरी समाचार डेस्क भाद्र १२ ।

रुकुम(पश्चिम)को आठबिसकोट नगरपालिका २ स्यालाखदीको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना भएको छ । गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि प्रसुती सेवाको लागि छिमेकी गाउँपालिका तथा जिल्ला अस्पताल आउनुपर्ने बाध्यता हटेको छ ।

 

उक्त बर्थिङ सेन्टरबाट उमखोला, रोकाजा, पाहाडा, खदी, पाटागाउँ लागाएतका स्थानीय लाभान्बित हुने स्वास्थ्यचौकी ईञ्चार्ज पवन बिष्टले जानकारी दिनुभयो । बर्थिङ सेन्टरको लागि आबश्यक सामाग्रीहरु आठविसकोट नगरपालिका र चौरजहारी अस्पताले उपलब्ध गराएको छ । 

 

भौगोलिक रुपमा बिकट मानिएको स्यालाखदीमा बर्थिङ सेन्टर स्थापना भएपछि प्रसुती सेवाको लागि सहज हुने स्थानीयहरुको भनाई छ । यो भन्दा अघि त्यस क्षेत्रका महिलालाई प्रसुति सेवाकोे लागि गोतामकोट, मग्मा र जिल्ला अस्पताल सल्ले सम्म डोकामा बोकेर ल्याउनुपर्ने बाध्यता थियो ।