• अहिले तरंगमाशुभ सपनी
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

बिमस्टेक सम्मेलनबारे संसदमा प्रधानमन्त्रीको सम्बोधनः गरिबी निवारणको लागि उपयोगी हुने विश्वास

भाद्र १२ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक० को चौथो शिखर सम्मेलनबारे संसदमा जानकारी गराएका छन् । मंगलबार दिउँसो बसेको संसद बैठकलाई उनले बिमस्टेक सम्मेलन किन आयोजना गरियो र यसमा के के हुँदै छ भनेर सांसदलाई जानकारी गराएका छन् । 

 

उनले ‘शान्त, समृद्धि र दिगोपनतर्फ उन्मुन बंगालको खाडी’भन्ने नारा तय गरेको जानकारी दिँदै सम्मेलनले यस क्षेत्रका देशहरुबीच आर्थिक एकीकरण, कनेक्टीभिटी ९रेल, यातायात, ऊर्जा र हवाई० र बुद्धिष्ट सर्किटको पहुँच विस्तार गर्ने लक्ष्य राखेको बताए ।

 

उनले बिमस्टेकको हरेक २र२ वर्षमा सम्मेलन हुनुपर्ने भएपनि यो हुन नसकेको जानकारी दिँदै भने, ुबिमस्टेक स्थापना २० वर्ष अघि भएको भएपनि बल्ल हामी चौथो सम्मेलन गर्दै छौं । नेपाल र अन्य देशका विभिन्न कारणले समयमै हुन सकेन ।ु

 

प्रधानमन्त्री ओलीले बिमस्टेकको १४ वटा प्राथमिकता रहेको भएपनि यसपटक ब्लु इकोनोमी र माउन्टेन इकोनोमी थपेर १६ वटा प्राथमिकताको क्षेत्र तोकिएको बताए ।

 

उनले भने, ुयस बिमस्टेक संगठनलाई औपचारिकता दिने भन्दा पनि यसलाई वास्तवमा क्षेत्रीय विकास र विस्तारका लागि उपयोगी बनाउन प्रयोग गर्नुपर्छ ।ु उनले नेपालले लिएकोगरिबी निवारणको नेतृत्व उपयोगी हुने विश्वास लिएको बताए ।

 

उनले व्यापार, कनेक्टिभीटी, वातावरणको विषय र सामूहिक अपराधको विरुद्ध अभियानका विषयमा छलफल हुने जानकारी दिए । उनले यही सम्मेलनमा बिमस्टेकको बडापत्र पनि बनाइने संसदमा जानकारी गराए ।

 

यस्तै उनले नेपाल भारतबीच दुईपक्षीय समझदारी हुने पनि जानकारी गराए । अन्य राष्ट्रहरुबीच पनि भेटघाट र पारस्परिक सम्बन्ध सुदृढ गर्ने पनि उनको भनाइ थियो ।

 

उनले बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रपतिले नेपालकी राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराए ।