• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सांसद रातो कामी बाढी र पहिरो पिडितको घरमा

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, ११ ।

 

रुकुम(पश्चिम)क्षेत्र नं १ बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य रातो कामीले आठबिसकोट नगरपालीकाका बाढी÷पहिरो पिडितसंग भेटघाट तथा प्रभावित ठाउँको स्थलगत अुनगमण गर्नुभएको छ । सांसद कामीले दुई दिन लगाएर पहिरो पिडितहरु संग भेटघाट गर्नुका साथै बाढी र पहिरोले क्षति गरेका स्थानको अवलोकण गर्नुभएको हो । 

 

अनुगमणको क्रममा १५ घर पहिरो तथा बाढिले पुर्ण रुपमा क्षेति गरेको र ४५ घर अझै जोखिम रहेको पाएको सांसद कामीले बताउनुभयो । उहाँले नगरपालिकाको मंग्रा, धुर्सेनी, धैरेना, रेला भगार, च्युरा, बासकोट, कमेरीखोली, सल्लेरी, गोथथात, लबाङ लगाएतका ठाउँमा अनुगमण गर्नुभएको हो । 

 

अनुगमण पछि पिडित परिवारसंग कुरा गर्दै उहाँले पहिरो तथा बाढि पिडितका लागि केन्द्र र प्रदेश सरकारबाट राहतको लागी पहल गर्ने आश्वासन दिनुभएको छ । त्यस्तैै पहिरोका कारण घरबाट बिस्थापित भएका परिवारका लागि आबास निर्माणका लागी समेत पहल गर्ने उहाँले बताउनुभयो । 

 

यसैबिच सांसद कामीले बाढी र पहिरोले मकै लगाएतका बालिमा पुगेको क्षतिको समेत अवलोकण गर्दै राहातका लागि सक्दो पहल गर्ने बताएको बताईएको छ । अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा पहिरोले आठबीसकोट नगरपालिकाका विभिन्न ठाउँमा व्यापक क्षति गरेको छ ।।