• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

नेपाल क्रिकेट टीम आज मलेसिया जादै

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, ११ ।

 

बुधबारदेखि सुरु हुने एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जाँदैछ ।

 

प्रतियोगिताकै तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली सोमबार बिहान १० बजे उतैबाट मलेसियाका लागि प्रस्थान गर्ने टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

 

टोलीका मुख्य सदस्य सन्दीप लामिछाने पनि क्यारेवियन प्रिमयर लिग सीपीएल छाडेर मंगलबार सिधै मलेसिया पुग्नेछन् । यस प्रतियोगितामा जित हासिल गर्न सके नेपालले भारत र पाकिस्तानजस्ता मुलुकको सिनियर टोलीबिरूद्द खेल्न पाउनेछ ।

 

नेपालले बुधबार ओमानसँगको खेलसँगै एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

 

राउण्ड रोविन प्रणालीअनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसको विजयी टोलीले आसन्न एसिया कपको समूह बी मा रहेर खेल्नेछ । जहाँ एशियाका महारथी टोलीहरु भारत र पाकिस्तान छन् ।

 

यसअघि एक साताको विशेष प्रशिक्षणमा नेपालले खेलेका तीन अभ्यास खेलमा जित हासिल गरेको थियो । श्रीलंकाका प्रिमियर लिग टोलीहरु आर्मी क्रिकेट क्लव, ब्लुमफिल्ड क्रिकेट क्लव र कोल्ट्स क्रिकेट क्लवलाई नेपालले पराजित गरेको थियो ।।