• अहिले तरंगमाशुभ सपनी
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

अमेरिकाको फ्लोरिडामा गोली प्रहारबाट दुई जनाको मृत्यु

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, ११ ।

 

 

अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो ।

 

कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ । गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन् ।

 

घटनामा ९ जनालाई गोली लागेको बताइएको छ । प्रहरीले अहिले क्षेत्र क्षेत्रमा व्यापक सर्च अभियान चलाएको छ । प्रहरीले सर्वसाधारणलाई त्यस क्षेत्रमा नजानसमेत अपील गरेको छ ।।