• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी माग

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, ११ ।

 

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी माग गरेको छ ।  सोमबार सार्वजनिक सूचना माग गरी प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी माग गरेको हो ।  

 

उजुरी विभिन्न माध्यमबट वा सोझै समितिमा समेत सूचना वा उजुरी दिन सकिने छ। यस्तो सूचना दिने सूचनादाताले भने आफ्नो नाम, थर, वतन, र सम्पर्क भने खलाउनु पर्ने छ । तर सूचना दिने अधिकारीले आफ्नो नाम थर गोप्य राख्न चाहेमा भने गोप्य राखिने छ ।  

त्यस्तै यस्तो सूचना ७७ जिल्लाबाटै दिन सकिने पनि उल्लेख गरिएको छ। आइतबार सिंहदरबारमा वसेको समितिको बैठकले १० दिन समय दिँदै उजुरीका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको थियो ।।