• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुममा लाखे नाच सुरु

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, ११ । 

 

रुकुम९पश्चिम०मा हरेक वर्ष जनैपुर्णीमा देखी श्रीकृष्ण जन्माष्टमिको भोलिपल्ट सम्म चल्ने परम्परागत लाखे नाच आईतबार देखि सुरु भएको छ । कंसलाई कुखुराको भोक दिएर आईतबार औपचारिक रुपमा लाखेनाच शुरु गरिएको सालघारी लाखे समितिका उपाध्यक्ष केशव नेपालीले जानकारी दिनुभयो ।

 

द्धापरयुगको अन्त्यतिर वासुदेव र देवकीको आठौं सन्तान तथा विष्णुको आठौं अवतारका रुपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा हरेक वर्ष परम्परागत रुपमा लाखे नाच मनाउदैं आईएको छ ।

 

भगवानका रुपमा लिईने कृष्णलाई मार्न कंसले वहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर रुकुममा हरेक वर्ष लाखे नाच्ने परम्परा रहि आएको छ । 

 

आईतबार देखि खलंगा वजार र आसपासका ठाउँमा हरेक दिन लाखे नाच्दै भेटी संकलन गर्ने गरिन्छ । उक्त भेटी समापन कार्यक्रममा खर्र्च गरिने समितिले जनाएको छ । समितिका अनुसार यो नाच रुकुममा ४ दशक अगाडि देखि नाच्दै आईएको छ । 

 

आईतबार कंसलाई भोक दिएर सुरु भएको लाखेनाच कृष्णाष्टमीको भोलीपल्ट कंसलाई नै मारेर समापन गरिने छ । श्रीकृष्ण जन्मिएको दिन कृष्णाष्टमीको भोलीपल्ट वोकालाई कंस मानेर बली दिएपछि लाखे नाचको औपचारिक समापन गर्ने परम्परा रहेको छ ।

 

फाईल फोटो