• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सुर्खेतका बाढीपहिरो विस्थापितहरुको टुङ्गो लाग्ने

करिव दुई वर्षदेखि त्रिपालमा बस्दै आएका सुर्खेतका बाढीपहिरो विस्थापितहरुले भुकम्प पीडित सरह अनुदान पाउने भएका छन् ।

शहरी विकास मन्त्रालयले अवको दुई महिना भित्र टुङ्गो लगाउने गरी प्रक्रिया अघि बढाएपछि सुर्खेतका विस्थापितहरुले भुकम्प पीडित सरह अनुदान पाउने भएका हुन् ।

तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाको नेतृत्वको सरकारले भुकम्प पीडितसरह नीजि घर पुनर्निर्माण अनुदान दिने निर्णयलाई कार्यान्वयन गर्ने गरी मन्त्रालयले गृहकार्य थालेको छ ।

सुर्खेतसहित बाँके, बर्दिया, दाङ र सिन्धुपाल्चोक जिल्लाका बाढी पहिरो विस्थापितहरुले अव भुकम्प पीडित सरह राहत तथा अनुदान रकम पाउने छन् ।

लामो सयमपछि शहरी विकास मन्त्रालयका मन्त्री अर्जुननरसिंह केसीले पीडितहरुको तत्काल पुनर्वास गर्न कार्य्विधि तयार गर्न सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर १ का सासंद् पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

शहरी मन्त्रालयका सहसचिव शीवहरी शर्माको संयोजकमा बनेको समितिले केही महिना भित्रै बाढीपहिरो प्रभावित परिवारलाई अनुदान उपलव्ध गराउन वितरण कार्य्विधि तयार गर्नेछ ।

कार्य्विधि बनेपछि कम्तिमा अवको २ महिनामा पाँचवटै जिल्लाका विस्थापित त्रिपालबाट उन्मुक्त हुनेछन् ।

लामो समयसम्म सुर्खेतका बाढीपहिरो विस्थापितहरुको पुनर्वास नभएपछि गत मंसिर ११ गते सांसद् खड्काले विस्थापितको उचित टुङ्गो नलगाउँदासम्म विश्राम नलिने बताउनुभएको थियो ।

भुकम्प पीडित सरह राहत पाउने भएपछि सुर्खेतका बाढी पहिरो विस्थापित खुसी भएका छन् ।

२०७१ साल साउन २८ र २९ गते आएको बाढीपहिरोले सुर्खेतका सयौं नागरिक विस्थापित भएका थिए ।

सुर्खेतको महिला प्रशिक्षण केन्द्र, गिरीघाट खोला, छिन्छु, तरंगा लगायतका स्थानमा अहिले एकसय बढी परिवार त्रिपालमा कष्ठकर जीवन विताउन बाध्य छन् ।

 

सुर्खेतका बाढीपहिरो विस्थापितहरुको टुङ्गो लाग्ने