• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

गोरेटो र घोडेटो बाटो मर्मत गर्न जनपरिचालन

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, ९ ।

 

रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका वडा नम्बर दुईले वडावासीको श्रमदानमा वडामा रहेका सम्पुर्ण गोरेटो र घाडेटो बाटोहरु मर्मत गर्न सुरु गरेको छ । वडापालिकाको निर्णय अनुसार वडामा रहेका सम्पुर्ण बाटाहरु जनश्रमदानमा मर्मत गर्न लागिएको हो । 

 

जसअनुसार आज दुई वटा बाटाहरु मर्मत गरिएको छ । वडाको खोपिखेउ देखि लामाचौरको पातिहाल्ना चौतारासम्म र खोपिखेउ देखि जनकल्याण मावि सम्मको ढाई किलोमिटर दुरीका दुईवटा बाटो मर्मत गरिएको वडा सदस्य कर्णवहादुर खत्रीले जानकारी दिनुभयो ।   

 

यी दुई बोटो मर्मत गर्न एक सय १७ जना वडावासीले ५८ हजार पाँच सय बराबरको श्रमदान गरेका छन् । बाटो मर्मत कार्यमा स्थानीय सहित वडाध्यक्ष धनवहादुर खत्री र सबै वडा सदस्यहरुको सहभागीता रहेको थियो । 

 

बाटो मर्मत गरिएपछि रुकुम(पूर्व)को सिस्ने गाउँपालिका ८ बाट जनकल्याण माविमा पढ्न जाने बिद्यार्थी तथा बाँफिकोट दुईका विभिन्न ठाउँबाट सिस्ने ८ धपेमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि आउँने बिरामी तथा अन्यलाई आवत जावत गर्न सहज भएको बताईएको छ । 

 

बाटो मर्मत पछि बोल्दै वडाध्यक्ष खत्रीले वडाले हालसम्म गरेका र अव गर्न लागेका कामका बारेमा जानकारी गराउँनुभएको थियो । यी दुई वाटा जस्तै वडामा रहेका अन्य सम्पुर्ण गारेटो तथा घोडेटो बाटाहरु मर्मत गरिने र जसका लागि कार्यविभाजन समेत गरिएको उहाँले बताउनुभयो । 

 

साविकको पिपल गाविस वडा नम्बर ७, ८ र ९ को केहि भागको जिम्मा वडा सदस्य कर्णवहादुर खत्री, साविकको ३, ४ र ९ को केहि भागको जिम्मा गाउँ कार्यपालिका सदस्य जनकुमारी खत्री तथा साविकको वडा नम्बर ५ र ६ वडाको जिम्मेवारी वडा सदस्य ललि परियारलाई दिईएको छ । 

 

सबै गारेटो तथा घाडेटो बाटाहरु जनश्रमदानमै मर्मत गरिने वडाले जनाएको छ । विकासमा लाग्न र भएको विकासको अपनत्व वडावासीलाई गराउँनका लागि गोरेटो र घाडेटो बाटो मर्मतमा जनपरिचालन गर्ने निर्णय भएको बताईएको छ ।।