• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

एसियाडमा चीन शिर्ष स्थानमा

भाद्र ९ ।

इन्डोनेसियाको जाकार्तामा जारी १८ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा चीन पदक तालिकाको पहिलो स्थानमा रहेको छ । चीन ६६ वटा स्वर्ण, ४६ रजत र २८ काँस्य सहित १ सय ४० पदक सहित पहिलो स्थानमा रहेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको जापानले ३० स्वर्ण, ३१ रजत र ४३ काँस्य सहित कुल १ सय ४ पदक  जितेको छ । 

 

तेस्रो स्थानमा भने दक्षिण कोरिया छ । दक्षिण  कोरियाले २३ स्वर्ण, २६ रजत र २९ काँस्य पदक सहित कुल ७८ वटा पदक जितेको छ । १२ स्वर्ण सहित, इरान चौथो, ९ स्वर्ण सहति आयोजक इन्डोनेसिया पाँचौं, ८ स्वर्ण सहित उत्तर कोरिया छैंठौ, ६ स्वर्ण सहित चाईनिज ताइपेई सातौं स्थानमा छ । अहिलेसम्म २९ राष्ट्रले कम्तीमा एउटा पदक जितेका छन् । तर आठौँ दिन सम्म आईपुग्दा नेपालले भने कुनै पदक हात पार्न सकेको छैन ।