• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

जिम्बावेको राष्ट्रपतिय निर्वाचनमा धाँधली नभएको अदालतको ठहर

भाद्र ९ ।

जिम्बावेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतिय निर्वाचन परिणामलाई लिएर दायर मुद्दाको विपक्षमा फैसला सुनाएको छ । हिजो सुनाइएको फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको नभएको पाइएको उल्लेख छ ।

 

गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन दाम्बुड्जो नानगाग्वा निर्वाचित भएको अदातलले हिजो ठहर गरेको छ । विश्लेषकहरूले अदालतको फैसला विपक्षीको पोल्टामा जाने अनुमान गरिरहेका बेला अदालतको यस्तो निर्णय आएको हो । यसैबीच जिम्बावेका नवनिर्वाचित राष्ट्रपति नानगाग्वाले हिजो अदालतको फैसलाको स्वागत गर्नुभएको छ ।