• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुममा पनि शिक्षकहरुको सिठी जुलुस

image not found

सानीभेरी समाचार डेस्क भाद्र ९ ।

रुकुम(पश्चिम)मुसिकोट खलंगामा शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय महा समितिले सिठी जुलुस निकालेको छ । ७७ जिल्लामा सिठी जुलुस निकाली आप्ना माग पुरा गराउन सरकारलाई दबाब दिने उदेश्यले महा समितिको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि सिठी जुलुस निकालिएको हो ।

 

महा समितिले विभिन्न माग राखी यस अघिपनि दबाब मुलक कार्यक्रम गर्दै आएको छ । उसले १० वर्ष सम्म स्थाइ भएका शिक्षकहरुलाई स्वत एकतह बढुवा गर्नुपर्ने, अस्थाई शिक्षकहरुको नतिजा तत्काल प्रकाशित गर्नुपर्ने, शिक्षकसेवा आयोगलाई संबैधानिक बनाउनुपर्ने, विद्यालय कर्मचारीहरुलाई दरबन्दी सिर्जना गर्नुपर्ने, बालविकासका सहयोगी कार्यकर्तालाई दरबन्दीको व्यवस्था गर्नुपर्ने लगाएत माग राख्दै आएको छ ।

 

मुसिकोट खलंगा स्थित कालिका स्थानबाट निकालिएको सिठी जुलुस बजार परिक्रमापछि पुनःह कालिका स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल शिक्षक महासंघ राष्ट्रिय महा समितिका केन्द्रीय सदस्य संगम केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष नन्दराम देबकोटा लगाएतले सम्बोदन गर्नुभएको थियो ।