• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुमेली समाज बिकास केन्द्रको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

image not found

सानीभेरी समाचार डेस्क, भाद्र ९ ।

रुकुमेली समाज बिकास केन्द्र रुकुमले २०७४÷०७५को बार्षिक प्रगति समिक्षा गोष्ठी तथा सामाजिक लेखा परिक्षण गरेको छ । शुक्रबार मुसिकोटमा एक कार्यक्रमकाबिच समिक्षा गोष्ठी तथा लेखा परिक्षण सम्पन्न गरेको हो । 

 

केन्द्रले गत आर्थिक बर्षमा बिभिन्न गैरसरकारी निकाय संगको सहकार्यमा गरेका बिभिन्न कार्यक्रमको प्रगती प्रतिबेदन प्रस्तुत गरेको छ । केन्द्रले लक्ष लिएको कुल १२ लाख २६ हजार २ सय २० रुपैँयाको बार्षिक प्रगति भएको कार्यक्रममा प्रस्तुत गरिएको प्रतिबेदनमा उल्लेख छ । 

 

साथै केन्द्र मार्फत जिल्लामा बिभिन्न आठ ओटा संस्था संचालनमा रहेका छन् । जिविकोपार्जन, संस्थागत क्षेमता, बन, शिक्षा, स्वास्थ्य, खानेपानी, शुसान जस्ता क्षेत्रमा काम गर्दै आएको छ । केन्द्रको बार्षिक प्रतिबेदन केन्द्रका कार्यकारी निर्देशक भिमबहादुर केसीले प्रस्तुत गर्नु भएको थियो ।

 

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संमन्वय समिति प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला स्थीत बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि, केन्द्रका सेवाग्राही कर्मचारी लगाएतको उपस्तिथि रहेको थियो । 

 

केन्द्रका कार्यकारी निर्देशक भिमबहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन केशवकुमार बिसी र बमबहादुर खड्काले गर्नुभएको थियो ।