• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

विद्यार्थीमा अनौठो लक्षण देखिएपछि बिद्यालय बन्द

image not found

सानीभेरी समाचार डेस्क ।

भाद्र, ६ । 

 

विद्यार्थीमा अनौठो लक्षण देखिएपछि रुकुम(पश्चिम)को त्रिवेणि गाउँपालिका ९ नुवाकोटको हिमालय जनता मावि बन्द गरिएको छ । पछिल्लो एकसाता देखि बिद्यार्थीमा अनौठो लक्षण देखिएपछि बिद्यालय तीन दिनका लागि बन्द गरिएको हो । 

 

बिद्यालयको कक्षा ६ र ७ मा अध्यनरत छात्राहरुमा बरबराउने, साथीलाई झम्टिने जस्ता अनौठो लक्षण देखिएपछि बिद्यालय बन्द गर्नुपरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनककुमार बिकले जानकारी दिनुभयो । 

 

‘बिद्यार्थीहरुमा पछिल्लो केहि दिन देखि अनौठो लक्षण देखिन थालेको हो, उहाँले भन्नुभयोे–दैनिक ७ जना सम्म बिद्यार्थीमा यस्तो लक्षण देखिन थालेको र यो क्रम नरोकिएपछि आजबाट तीन दिनका लागि बिद्यालय बन्द गरेका हौं ।’ 

 

अध्यक्ष बिकका अनुसार बुधबार पनि सात जना छात्र बिद्यार्थीमा यस्तो लक्षण देखिएको थियो । ‘पहिला पहिला त हामिले खासै वास्ता गरेका थिएनौं, तर अनौठो लक्षण देखिने क्रम नरोकिएपछि बिद्यालय बन्द नै गर्नुपरेको हो अध्यक्ष बिकले भन्नुभयो ।’ 

 

अहिलेसम्म १२÷१५ जना छात्रामा यस्तो समस्या देखिएको छ । केहि नयाँ थपिने गरेका छन् भने अधिकांश पुरानै बिरामी दैनिक यस समस्याबाट पिडित भैरहेको बिद्यालयले जनाएको छ । 

 

बिद्यार्थीमा अनौठो लक्षण देखिएको खवर आएपछि स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाईएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर टपेन्द्र कोईराला र अहेव इश्वर रावललाई बिद्यालयमा पठाईएको हो । 

 

यसैविच जिल्लाको बाँफिकोट गाउँपालिका दुई पिपलमा रहेको जनकल्याण माविमा अध्यनरत बिद्यार्थीमा वेहोस हुने समस्या देखिएको छ । अहिलेसम्म बिद्यालयमा नौं जना बिद्यार्थी वेहोस भएको खवर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

जसमध्ये १६ वर्षिय लक्ष्मण खत्रीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको पिपल स्वास्थ्य चौकीले उपचार गरिरहेको डिएसपी खड्काले बताउनुभयो ।।