• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

सुशासन कायम गर्दै पारस्परिक जवाफदेहिता परियोजना

image not found

 

मनिष खड्का

रुकुम ३, श्रावण । 

२०५७ सालमा स्थापना भई मानव अधिकार, शान्ति स्थापना र सुशासनका लागि काम गर्दै आएको मानव अधिकार तथा कानुनी सेवा केन्द्र(हरप्लेस) रुकुमले पछिल्लो डेढ वर्षदेखि जिल्लाका दुई स्थानीय तहमा सुशासन कायम गर्न काम गरिरहेको छ । युएसएआईडि र एफएचआई ३६० को सहयोगमा पारस्परिक जवाफदेहिता परियोजना मार्फत हरप्लेसले जिल्लाका त्रिवेणि गाउँपालिका र बाँफिकोट गाउँपालिकामा सुशासन कायम गर्नका लागि विभिन्न गतिविधिहरु संचालन गरिरहेको छ । बाँफिकोट गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ तथा त्रिवेणि गाउँपालिकाका पनि वडा नम्बर ३, ४ र ५ मा पारस्परिक जवाफदेहिता परियोजना लागु छ । दुवै गाउँपालिकाका ३ वडा मध्ये १ र २ नम्बर वडामा सुशासन मापन विधि(जिजिबि) र तीन वटै वडामा स्थानीय सभा गठन भएका छन् ।

 

स्थानीय स्तरमा रहेका शिक्षा, स्वास्थ्य, कृषि र विपद व्यवस्थापनका प्रमुख तथा प्रतिनिधि, आमा समुह, महिला स्वयमसेविका, तत्कालिन वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रबाट प्रतिनिधित्व हुने गरी त्रिवेणिको खारामा वडा नं. ४ का वडाध्यक्ष चन्द्रवहादुर खड्काको संयोजकत्वमा २९ सदस्यीय र बाँफिकोटमा वडा नम्बर ४ का वडाध्यक्ष लिलाराम बिकको संयोजकत्वामा २६ सदस्यीय स्थानीय सभा गठन भएका छन् । यद्धपि त्रिवेणि गाउँपालिकामा भने परियोजना लागु भएका वडामा स्थानीय सभा प्रभावकारी पाईएपछि परियोजना लागु नभएका अन्य सबै वडामा पनि स्थानीय सभा गठन गर्ने निर्णय गरिएको छ भने निर्णय अनुसार गठनको प्रक्रिया पनि अगाडि बढेको हरप्लेसका कार्यक्रम अधिकृत महेश केसीले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार परियोजना अन्तरगत त्रिवेणि गाउँपालिका २ मा त्रिवेणि रेडियो स्रोता समुह, मुसीकोट नगरपालिका २ मा विसौनि रेडियो स्रोता समुह र बाँफिकोट गाउँपालिका ५ काँडामा बुढुमष्ट रेडियो स्रोत समुह गरी तीन वटा रेडियो स्रोता समुह गठन गरिएको छ । यसका अलावा जिल्ला तहमा सार्वजनिक नीजि कार्य समुह(पिपिडब्लुजी) र स्वास्थ्य, शिक्षा, कृषि र विपद व्यवस्थापनका क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको सहभागीतामा हेड नेटवर्क गठन गरिएको छ । 

 

३/३ महिनामा स्थानीय सभाको बैठक बसी सेवा प्रवाहका क्रममा देखिएका समस्या र सवालहरुको पहिचान गर्ने, समस्या समाधान र सवालहरुको पैरवि गरी सेवा प्रवाहलाई सहज बनाउँन समस्या र सवालहरुलाई वडापालिका हुँदै गाउँपालिका र जिल्ला तहमा गठन भएको सार्वजनिक नीजि कार्य समुह(पिपिडब्लुजी)मा पठाउँने गरिएको छ । स्थानीय सभामा उठेका समस्या र सवालमा छलफल गरी समस्यालाई समाधान गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउँने प्रयास भैरहेको कार्यक्रम अधिकृत केसीको भनाई छ ।

 

खारामा बसेको पहिलो स्थानीय सभाको बैठकमा स्थास्थ्य चौकीमा ३६ प्रकारका औषधि निशुल्क पाईनुपर्नेमा १६ प्रकारका औषधिमात्र पाईने गरेको सवाल उठेपछि अहिले खारा स्वास्थ्य चौकीमा निशुल्क पाईने औषधिको संख्या ३२ पुगेको, शिक्षक, बिद्यार्थी र अभिभावकका विचमा प्रभावकारी सञ्चार हुन नसकेको सवाल उठेपछि हाल त्रिपक्षिय प्रभावकारी सञ्चारको विकास भएको र स्थानीय मेडिकल तथा नीजि स्वास्थ्य संस्थाहरुको अनुगमण नभएको सवाल उठेपछि हाल वडाले अनुगमण सुरु गरेको वडाध्यक्ष तथा स्थानीय सभाका संयोजक चन्द्रवहादुर खड्काले जानकारी दिनुभयो । 

 

पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत गठन भएका स्थानीय सभा, हेड नेटवर्क, सार्वजनिक नीजि कार्य समुह(पिपिडब्लुजी)का बैठकमा विशेष गरी नागरिक वडापत्र तथा सूचना पार्टी नभएको, सहज रुपमा सूचना प्राप्त नभएको, विभिन्न कार्यालयहरु अपांग, अशक्त, जेष्ठ नगारिक र बाल मैत्रि नभएको, योजना आयोजनाको अनुगमण नभएको जस्ता सवालहरु उठ्ने गरेको हरप्लेसका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले बताए । खत्रीका अनुसार हेड नेटवर्कको बैठक प्रत्येक २/२ महिनामा बस्ने गरेको छ भने जिल्ला तथा स्थानीय तहमा आवश्यकताका आधारमा बेला बेलामा समन्वय बैठक बस्ने गरेका छन् ।

 

हेड नेटवर्क मार्फत नागरिक समाज, संस्थाहरुका विचमा नियमित सञ्चार र समन्वय आवश्यक परिरहेको बेला गठन गरिएको हेड नेटवर्क मार्फत नागरिक समाज, संस्थाहरुका कार्यानुभव र विभिन्न सवालहरुको पहिचान गर्ने गरिएको छ । यो बैठक हालसम्म रेडक्रस, रुकुमेली समाज विकास केन्द्र र नेपाल जनजागरण मञ्चले आयोजना गरिसकेको हरप्लेसले जनाएको छ । त्यस्तै विभिन्न बेलामा स्थानीय सरोकारवालाहरु संग समन्वय बैठक बस्ने गरेको छ । बैठकमा सेवा प्रवाहलाई जनमुखि र प्रभावकारी बनाउँनका लागि छलफल गरी सरोकारवालाहरुको प्रतिबद्धता लिईन्छ । समन्वय बैठक पछिल्लो पटक बैशाख १० गते त्रिवेणि गाउँपालिकाका वडा नम्बर दुई सिम्रुतुमा बसेको हरप्लेसका जिल्ला कार्यक्रम संयोजक खत्रीले बताए ।

 

उक्त बैठकले गाउँपालिकामा जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्नका सुशासन प्रवद्र्धन समिति गनठ गर्ने, गाउँपालिकाका १० वटै वडामा चौमासिक रुपमा नियमित सार्वजनिक सुनुवाई गर्ने, सवै वडामा स्थानीय सभा गठन गर्ने, आवश्यक सामाग्रीको व्यवस्था हरप्लेसले गरी सृजनशिल शाखा स्थापना गर्ने र हरप्लेसको प्राविधिक सहयोगमा टोल फ्रि सेवा संचालनमा ल्याउँने प्रस्ताव गाउँ कार्यपालिकामा पेश गर्ने निर्णय गरेको थियो । कार्यपालिकाबाट पास भई गाउँपालिका स्तरीय सुशासन प्रवद्र्धन समिति गठन भएको छ भने १० वटै वडामा सार्वजनिक सुनुवाई सम्पन्न हुनुका साथै स्थानीय सभा पनि गठन भैरहेका छन् । सार्वजनिक सुनुवाईको सहजिकरण गर्ने जिम्मेवारी हरप्लेसलाई दिईएको थियो । समन्वय बैठकले प्रस्ताव गरे अुनसार सृजनशिल शाखा पनि स्थापना भएको छ भने अव टोल फ्रि सेवा संचालन हुन बाँकी छ । 

 

यसैविच पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत नै बाँफिकोट गाउँपालिकाको १ र २ पिपलमा शिक्षा क्षेत्रमा र त्रिवेणि गाउँपालिका १ र २ मा स्वास्थ्यका क्षेत्रमा शुसासन मापन विधि(जिजिबि)को काम भैरहेको छ । गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको विद्यमान भौतिक पूर्वाधारमा सुधार गर्नका लागि पाँच वटा विश्वव्यापी मापदण्ड प्रभावकारीता, विधिको शासन, जवाफदेहिता, सहभागीता र समन्यायमा रहि विभिन्न स्थानीय सूचकहरु निर्माण गरी कार्यशाला आयोजना गरी तथ्यांक संकलन र विश्लेषण गरी कार्ययोजना निर्माण गरेर सुधारको काम भैरहेको बताईएको छ ।

 

यो परियोजना लागु भएपछि शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान गरी शिक्षाको स्तर सुधार गर्नमा टेवा पुगेको जनकल्याण मावि बाँफिकोट गाउँपालिका २ पिपलका प्रध्यानाध्यापक झुपिलाल पौडेलले बताए । जिजिबिको काम सुरु भएपछि निशुल्क औषधिको उपलब्धता र स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि टेवा पुगेको सिम्रुत स्वास्थ्य चौकी त्रिवेणि २ का प्रमुख भिमवहादुर चन्दले बताउनुभयो ।

 

जिल्लाका दुई स्थानीय तहमा पारस्परिक जवाफदेहिता परियोजना लागु भएपछि सुशासन कायम गर्नका लागि सहयोग पुगेको हरप्लेसका जिल्ला कार्यक्रम अधिकृत महेश केसीले बताए । उनका अनुसार यो परियोजना लागु भएपछि नागरिक समाज, आमसञ्चारका माध्यम र सेवा प्रवाह गर्ने निकायका विचमा समन्वय समेत बढेको छ । 

फोटोः गाउँपालिकाको आयोजना र हरप्लेसको सहजिकरणमा त्रिवेणि ९ को सार्वजनिक सुनुवाई हुँदै ।