• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

समर्थक कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी

३ साउन । जुम्लामा आमरण अनसनरत डा। गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।

 

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा। केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा। केसीसँगै रहेका डा। विषद दहालले भने ।

 

 

केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

 

यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा। केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा। केसीसम्म पुग्नै दिएका थिएनन् ।

 

डा। केसीले पनि आफ्नो स्वास्थ्यप्रति सरकार गम्भीर हो भने माग पुरा गर्न सरकारलाई आग्रह गरे ।

 

तर, स्थानीय प्रशासनले डा। केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ । लाठी चार्जबाट थुप्रै विद्यार्थी तथा स्थानीय घाइते भएका छन् ।