• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

वडाध्यक्षमाथि हातपात गर्ने दुई जना पक्राउ

सानीभेरी समाचार डेस्क ३, साउन । वडाध्यक्ष माथि हातपात गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले पक्राउ गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका २ का वडाध्यक्ष धनवहादुर खत्री माथि हातहात गर्ने सोही वडाका ४० वर्षिय रत्नवहादुर नाथ र ५३ वर्षिय लालवहादुर नाथलाई प्रहरीले पक्राउ गरेको हो । 

 

रत्नवहादुर र लालवहादुर सहोदर दाजु भाई हुनुहुन्छ । दाजुभाईले मदिरा सेवन गरी वडाध्यक्षको घरमै गएर हातपात गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । रत्नवहादुर र लालवहादुरले मंगलबार बेलुकी वडाध्यक्षलाई तथानाम गालि गर्दै हातपात गरेको बताईएको छ । 

 

दाई लालवहादुरलाई मंगलबार बेलुकानै पक्राउँ गरिएको थियो भने भाई रत्नवहादुर भने हातपात गरी फरार हुनुभएको थियो । उहाँलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । हातपातको कारण खुलिनसकेको र हिरासतमा राखेर सोधपुछ जारी रहेको डिएसपि खड्काले बताउनुभयो । वडाध्यक्षबाट जाहेरी आएपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिने उहाँको भनाई छ ।