• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ घाईते (नाम सहित)

image not found

सानीभेरी समाचार डेस्क 

रुकुम(पूर्व) २, श्रावण ।

 

रुकुम(पूर्व)को सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप आज दिउँसो २ बजेतिर धार्पानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ । 

 

प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन, पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचन, पुथाउत्तरगंगा १४ कि सालिनि बर्मा, बाँके कोहलपुर निवासी ललिता परियार र भुमे गाउँपालिका ४ का २८ बर्षिय अर्जुन बि.क. रहेका छन्  ।

 

दुर्घटनामा परि ४ जना घाईते भएका छन् । घाईतेहरुमा रुकुम(पश्चिम) मुसीकोट नरपालिकाका जीप चालक ५२ बर्षिय जयबिर कामि, रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउपालिका ११ का २५ बर्षिया प्रमिला बुढामगर, पुथाउत्तरगंगा गाँउपालिका २ का २७ बर्षिय धनिराम पुन र २७ बर्षिया सम्झना पुन रहेको प्रहरीले बताएको छ । 

 

घाईतेहरुलाई थप उपचारका जिल्ला बाहिर लैजाने तयारी भैरहेको छ । जसका लागि हेलिकोप्टर आउँदै गरेको प्रहरीले बताएको छ । गाडी सडकभन्दा झण्डै १ सय मिटर भन्दा तल खसेको छ । वर्खायाममा सडक चिप्लो भएका कारण गाडि दुर्घटना भएको अनुमान गरिएपनि दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।