• अहिले तरंगमादलित आवाज
  • केहि छिनमानेपाल परिवेश (थाहा)

ताजा अपडेट :

समाचार

ढल पस्दा चौरजहारीमा ५ घर भत्किए, ७ घर जोखिममा

image not found

डिल्लीवहादुर खत्री 

श्रावण २, चौरजहारी । 

 

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिमा ५ वटा घर भत्किएका छन् । मंगलबार रातिदेखि लगातार परेको पानीका कारण वडा न. १ को पुरानो बजारमा रहेका ५ वटा घर आज बिहान ५ बजेतिर भत्किएका हुन् । सडकको नालि फुटेर पानी घर भित्र घर पस्दा भत्किएका हुन् । 

 

मानविय क्षेति भने भएको छैन् । ५ घर पुर्ण रुपमा भत्किएका छन् । भने अन्य ७ वटा घर उच्च जोखिममा परेका छन् । स्थानीय यज्ञश्वर बिक, तिलक बिष्ट, खिमबहादुर सुनार, गोपालबहादुर नेपाली र धर्मबहादुर नेपालीको घर भत्किएका हुन् । 

 

त्यस्तै स्थानीय रामबहादुर बुढाथोकी, सदाम हुसेन, केशव सुनार, शर्माप्रसाद शर्मा, राजु आचार्य, रत्नबहादुर गोसाई र नसिर अन्सारीको घर जोखिममा रहेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक प्रकाशचन्द गुप्ताले बताउनुभयो । 

 

घर भत्किन लागेको थाहा पाएपछि मान्छेहरु बाहिर निस्किएका कारण मानविय क्षेति हुन नपाएको उहाँको भनाई छ । पिडितहरुले शहरी विकास कार्यालयको लापरवाहिका कारण घरमा क्षति पुगेको बताएका छन् । 

 

पिडित यज्ञश्वर बिकले शहरी बिकास कार्यालयले गुणस्तरीय काम नगर्दा सडकको नालि फुटेर घरमा पसेको बताउनुभयो । बनाएको ५ महिना नबित्दै नालि फुटेर घरमा क्षेति गरेको बताईएको छ । नेपाली सेना, प्रहरी र स्थानीयले घरमा पुरिएका सामान निकालेका छन् ।