• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

ट्रम्पद्धारा रुसको बचाउ

image not found

श्रावण १ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ गरेका छन् ।

 

फिनल्यान्डको हेल्सिङकीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीको भनाइ विपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने कुनै कारण नभएको बताएका हुन् ।

 

रुसी राष्ट्रपति पुटिनले पनि अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको दोर्होयाए । दुई नेताबीच दुई घन्टासम्म एक्लाएक्लै वार्तासमेत भएको थियो ।

 

वार्तापछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले हस्तक्षेप गर्ने कुनै कारण नदेखेको बताए । रुसी राष्ट्रपति पुटिनले अमेरिकी अनुसन्धानकर्तालाई रुसमा आएर अधिकारीहरुसँग सोधपुछ गर्न प्रस्ताव गरेका छन् ।

 

यसको बदलामा अमेरिकामा कुनैपनि आपराधिक गतिविधिका संदिग्धसँग सोधपुछ गर्न यस्तै अधिकार दिइनुपर्ने पनि पुटिनको प्रस्ताव छ ।।