• अहिले तरंगमादलित आवाज
  • केहि छिनमानेपाल परिवेश (थाहा)

ताजा अपडेट :

समाचार

मुसीकोट दरबार संरक्षण गर्दै पुरातत्व विभाग

image not found

सानीभेरी समाचार डेस्क

श्रावण १, रुकुम ।

 

पुरातत्व विभागले रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका ४ मा पर्ने मुसीकोट दरबारको संरक्षणको काम थालेको छ । देशभरमा रहेका पुराना सम्पदाहरुको संरक्षण गर्ने कार्यक्रम अन्तरगत मुसीकोट दरबार संरक्षणको काम थालिएको विभागले जनाएको छ । 

 

दरबारको संरक्षण स्वरुप विभागले चालु आर्थिक वर्षमा दरबार वरीपरि बाटो निर्माण गरेको छ । दरबारको चारै तिर अवलोकन गर्न सहज होस भनेर यो वर्षका लागि विनियोजित रकमबाट २ सय ५० फिट लामो बाटो निर्माण गरिएको छ । 

 

उक्त बाटोको चौडाई पाँच फिट रहेको छ भने बाटोको दुवै छेउमा नौ इन्च चौडाई भएको वाल पनि निर्माण गरिएको छ । १० लाख बजेटबाट उक्त बाटो निर्माण भएको पुरातत्व विभागका सव इन्जिनियर नबिन शर्माले जानकारी दिनुभयो । 

 

यो बजेटले आधा बढी बाटो निर्माण भएको छ । दरबारको चारै तिर बाटो जोड्लाई १ सय २० फिट बाटो निर्माण गर्न बाँकी रहेको बताईएको छ । बाँकी बाटो निर्माणको काम आगामि आर्थिक वर्षमा हुन सक्ने सव इन्जिनियर शर्माले बताउनुभयो । 

 

मुसीकोटडाँडाका नामले परिचित मुसीकोट दरबारको संरक्षण थालिएपछि यसको मुहार फेरिएको छ । एकवर्ष अगाडिसम्म सामान्य एउटा मन्दीर मात्र रहेको यस ठाउँमा अहिले भने धेरै संरचना निर्माण भएका छन् । 

 

तत्कालिन जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, मुसीकोट दरबार संरक्षण समिति, पुरातत्व विभाग लगाएतका निकायबाट दरबार संरक्षणको प्रयास थालिएपछि मुसीकोटडाँडा अहिले पर्यटकिय स्थलका रुपमा विकास भैरहेको छ । 

 

संरक्षण थालिएपछि यहाँ आउँने आन्तरिक पर्यटकहरुको संख्यामा ह्वात्तै बृद्धि भएको छ । अघिल्लो वर्षको भाद्रबाट यहाँ प्रवेशका लागि शुल्क तोकिएको छ भने यहाँ आउँने पर्यटकहरुको तथ्यांक समेत राख्ने गरिएको छ । 

 

गतवर्षको भाद्र २० गतेदेखि हालसम्म विभिन्न ठाउँका गरी ६ हजार २ सय ३० जनाले मुसीकोट दरबारको अवलोकण गरेका छन् । मुसीकोट दरबारका चौकीदार तिलकवहादुर मल्लका अनुसार अवलोकणका लागि आएकाहरुबाट प्रवेश शुल्क वाफत १ लाख २४ हजार ६ सय उठेको छ ।।