• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

प्रगतिशिल प्यानललाई दुई पूर्व अध्यक्षको समर्थन

image not found

सानीभेरी समाचार डेस्क

असार २१, रुकुम ।

 

रुकुम पश्चिम–रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशनमा हुने निर्वाचनको तयारीमा रहेको प्रगतिशिल उद्योगी व्यवसायी प्यानललाई संघका दुई पूर्व अध्यक्षले समर्थन गरेका छन् । रुकुम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रेमजंग मल्ल र वसन्त पुनले राजनकुमार पुन नेतृत्वको प्यानललाई समर्थन गर्नुभएको हो । प्रचार प्रसारको क्रममा पूर्व अध्यक्षद्धय मल्ल र पुनले समर्थन गरेको महासचिव पदका उम्मेदवार धनबहादुर खड्का वसन्तले जानकारी दिनुभयो । ‘हामी प्रचार प्रसारकै क्रममा छौं, यसै क्रममा २ जना पूर्व अध्यक्षले हाम्रो प्यानललाई समर्थन गर्नुभयो,’ खड्काले भन्नुभयो, ‘हाम्रो पूर्ण साथ र समर्थन छ, रुकुम उद्योग वाणिज्य संघमा केही गर्ने भनेको यही टीम हो यसमा कुनै शंका छैन भन्नु भएको छ ।’ 

 

उक्त प्यानल प्रचार प्रसारकै क्रममा अधिकांश बजार पुगिसकेको छ । २२ गतेबाट अधिवेशनका अन्य कामकाजमा खटनपटन गर्नुपर्ने भएकाले सबै बजार प्रचार प्रसार सकिएको बताइएको छ । राजनकुमार पुन अध्यक्षको उम्मेदवार रहेको प्यानलमा प्रथम उपाध्यक्षमा कर्णबहादुर ओली, द्धितिय उपाध्यक्ष तुलसीराम बुढाथोकी, महासचिव धनबहादुर खड्का बसन्त, सचिव शुशिल गौतम र कोषाध्यक्षमा दिलिप थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । यसैगरी सदस्यमा चन्द्रीका महतरा, प्रेम केसी, लोकेन्द्र केसी, तिलक खड्का, लालबीर बोहरा, धनबहादुर ओली, कमानसिङ ओली, बालाराम खड्का, रुपलाल विष्ट, चक्रबहादुर केसी र नरेन्द्र रोकाय छन । पुन रुकुम उद्योग वाणिज्य संघको वर्तमान कार्य समितिका कोषाध्यक्ष हुन । रुकुम जिल्लाका व्यापारी तथा व्यवसायीको हकहितको निम्ती आफूले रुकुम उद्योग वाणिज्य संघको नेतृत्वमा दावी गरेको पुनले बताए ।

 

भोली २२ गते उद्घाटन हुने अधिवेशनमा २३ गतेदेखि निर्वाचनको प्रक्रिया सुरु हुने बताइएको छ । राजनकुमार पुन र नवराज गिरीको अध्यक्ष गरी २ प्यानलबीच प्रतिसप्रधा हुने देखिएको छ । रुकुम उद्योग वाणिज्य संघको निर्वाचका लागि जिल्लाभर एक हजार दुई सय ७४ मतदाता रहेका छन ।