• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाजस्ट रिक्वेयस्ट (थाहा)

ताजा अपडेट :

समाचार

संयुक्त प्यानललाई झट्का, प्रथम उपाध्यक्षका उम्मेदवार भाने बिष्टको समर्थन प्रगतिशिल प्यानललाई

image not found

सानीभेरी समाचार डेस्क

असार २१, रुकुम ।

 

रुकुम उद्योग वाणिज्य संघको १२ अधिवेशनको लागि चुनाव प्रचार प्रसारमा रहेको सयुंक्त प्यानललाई झट्का लागेको छ । नवराज गिरी नेतृत्वको संयुक्त प्यानलको तर्फबाट प्रथम उपाध्यक्षका उम्मेदवार भाने विष्टले आफु उक्त प्यानलमा नरहेको घोषणा गर्नुभएको छ । आफूले नमान्दा नमान्दै पनि जवरजस्ती प्रथम उपाध्यक्षको उम्मेदवार बनाइदिएकाले आफ्नो समर्थन संयुक्त प्यानलमा नरहेको उहाँको भनाई छ । उहाँले राजनकुमार पुन नेतृत्वको प्रगतिशिल उद्योगी व्यवसायिक प्यानललाई समर्थन समेत गर्नुभएको छ । 

 

प्रचार प्रसारमा झुल्नेटा बजार पुगेको पुन नेतृत्वको प्यानललाई समर्थन गरेको घोषणा गर्दै विष्टले सयुक्त प्यानलको भ्रममा नपर्न सबै उद्योगी, व्यवसायी तथा व्यापारीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।  

 

यसैबीच भोली हुने उद्घाटन हुने अधिवेशनको प्रचार प्रसारमा दुवै प्यानल लागेका छन् । प्रगतिशिल प्यानलले मुसीकोट नगरपालिकाको खलंगा, सल्ले, बागजबर, सोलावाङ, बैगारीठा“टी, सानीभेरी गाउ“पालिकाको सिम्ली, गरायलामा प्रचार प्रसार अभियान सकेको छ । यसैगरी त्रिवेणि गाउपालिकाको झुल्नेटा, सिम्रुतु पनि प्रचार प्रसार कार्यक्रम भैसकेको जनाएको छ । महासचिव पदका उम्मेदवार धनबहादुर खड्का वसन्तले विभिन्न बजारका उद्योगी, व्यवसायीलाई एजेण्डा सहित मतदानका लागि आह्वान गर्दै हिडेको बताउनुभयो । ‘हामीले हाम्रा एजेण्डा राखेका छौं, र सहयोगको लागि अनुरोध गरेका छौ, हामी उत्साहित हुने गरी प्रतिक्रिया आइरहेको छ, खड्काले भन्नुभयो ।’ 

 

प्रचार प्रसारको क्रममा व्यापारीस“ग छलफल, अन्तरक्रिया, व्यक्तिगत तथा सामुहिक भेटघाट, सम्बन्धित बजारका समस्या, समाधानका लागि गर्न सकिने उपायका विषयमा छलफल गरिरहेको खड्काले बताउनुभयो । अन्य बजारमा पनि प्रचार प्रसार गर्ने र पहिलो पटक प्रचार गरिसकिएका ठाउ“मा दोहो¥याएर प्रचार  गर्ने योजना प्रगतिशिल प्यानलले बनाएको छ । 

 

पुनको उक्त प्यानमा प्रथम उपाध्यक्षमा कर्णबहादुर ओली, द्धितिय उपाध्यक्ष तुलसीराम बुढाथोकी, महासचिव धनबादुर खड्का बसन्त, सचिव शुशिल गौतम र कोषाध्यक्षमा दिलिप थापा उम्मेदवार हुनुहुन्छ ।

 

यस्तै गरी गिरी नेतृत्वको सयुंक्त प्यानलले पनि जिल्लाका विभिन्न बजारमा प्रचार प्रसार जारी राखेको छ ।।