• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

उद्योग वाणिज्य संघमा प्रगतिशिल र संयुक्तको दाबी, कसले मार्ला बाजी ?

image not found

सानीभेरी समाचार डेस्क

असार २०, रुकुम ।

 

रुकुम उद्योग वाणिज्य संघको चुनावि सरगर्मि बढेको छ । नयाँ नेतृत्वका लागि प्रगतिशिल प्यानल र संयुक्त संयुक्त प्यानल बनाएर व्यापारीहरु चुनावि प्रचार प्रसारमा होमिएका छन् । नयाँ नेतृत्व चयनका लागि रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशन पर्सि २२ गते शुक्रबार मुसीकोटमा हुँदै छ । जसका लागि दुई प्यानल प्रतिस्पर्धामा छन् । राजनकुमार पुनको अध्यक्षतामा प्रगतिशिल प्यानल र नवराज गिरीको अध्यक्षतामा संयुक्त प्यानल प्रतिस्पर्धामा छन् । दुवै प्यानलले पदाधिकारी सहित सदस्यहरु समेत टुंगो लगाएर आफ्नो पक्षमा प्रचार गरिरहेका छन् ।

 

प्रगतिशिल प्यानलमा अध्यक्षमा राजनकुमार पुन, उद्योग उपाध्यक्षमा कर्णवहादुर ओली, वाणिज्य उपाध्यक्षमा तुल्सीराम बुढाथोकी, महासचिवमा धनवहादुर खड्का (बसन्त), कोषाध्यक्षमा दिलिप थापा र सचिवमा शुशिल गौतम उम्मेदवार रहनुभएको छ । त्यस्तै सदस्यमा चन्द्री महतारा, लोकेन्द्र केसी, प्रेमवहादुर केसी, तिलक खड्का, धनवहादुर ओली, कमानसिंह ओली, लालविर वोहोरा, झगविर सुनार, रुपलाल बिष्ट, शिव पुन, चक्रवहादुर केसी र लिलवहादुर ओली रहनुभएको छ । त्यस्तै संयुक्त प्यानलका तर्फबाट अध्यक्ष नवराज गिरी, प्रथम उपाध्यक्षमा भाने बिष्ट, द्धितिय उपाध्यक्षमा चन्द्र घर्ती, महा सचिवमा दशरथ केसी, कोषाध्यक्षमा बेदराम शर्मा पोख्रेल र सचिव पदका लागि जनार्दन घर्ति उम्मेदवार हुनुहुन्छ ।

 

संयुक्त प्यानलको सदस्यमा दिनेश खड्का, टोपवहादुर खड्का, पवन केसी, सुर्य बिष्ट, तेजकुमार ओली, गोपाल खड्का, गोकर्ण मल्ल, भुवन सोनी, राजकुमार खड्काm बासना ओली, नरजङ ओली र गोरखवहादुर बिष्ट रहनुभएको छ । दुवै प्यानल आ–आफ्नो जीत सुनिश्चित रहेको दाबि सहित चुनावि प्रचार प्रसारमा छन् । प्रगतिशिल प्यानलले स्थानीय पुजि निर्माण र व्यवशायिक विकास संगै समृद्ध उद्योग वाणिज्य संघ निर्माणको नारालाई अगाडि सारेको छ । संयुक्त प्यानलले कृषि, पर्यटन, संस्कृति, स्थानीय उद्योग, व्यापारसंगै समृद्ध र स्वाधिन अर्थतन्त्रलाई अगाडि सारेको छ ।।