• अहिले तरंगमादलित आवाज
  • केहि छिनमानेपाल परिवेश (थाहा)

ताजा अपडेट :

समाचार

भुमे गाउँपालिकाको बजेट ३१ करोड

सानीभेरी समाचार डेस्क

रुकुम(पूर्व)को भुमे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७५÷०७६ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । गाउँपालिकाले गाउँसभामा आगामि आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट एकैसाथ पेश गरेको हो । 

 

सभामा कुल साढे ३१ करोड बराबरको अनुमानित बजेट पेश गरिएको छ । यो चालु आर्थिक वर्षका लागि विनियोजित बजेट भन्दा झण्डै तीन करोड बढी हो । 

 

आगामि आर्थिक वर्षका लागि अनुमानित ३१ करोड ३० लाख ५९ हजार ८ सय मध्ये चालू खर्चतर्फ १५ करोड ५१ लाख ४४ हजार र पुँजिगत खर्चतर्फ १५ करोड ७९ लाख १५ हजार ८ सय रुपैँया प्रस्ताव गरिएको छ । 

 

आन्तरिक राजश्व, संघ र प्रदेशबाट राजश्व बाँडफाँड र अन्तरसरकारी बित्तिय हस्तातरण शिर्षक बाफत उक्त रकम प्राप्त हुने गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिनुभयो ।

 

गाउँपालिकाले आन्तरिक श्रोतबाट ५७ लाख ८६ हजार ७ सय ४० रुपैँया, संघ र प्रदेसको राजश्व बाँडफाँडबाट ६ करोड ७३ लाख २१ हजार, संघ र प्रदेसको समानिकरण अनुदान मार्फत ११ करोड ५९ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ । 

 

त्यस्तै गाउँपालिका, संघ र प्रदेशको सशर्त अनुदान मार्फत ११ करोड ९० लाख रकम आउँने गाउँसभामा पेश गरिएको अनुमानित बजेट बक्तव्यमा उल्लेख छ । 

 

नीति तथा कार्यक्रम गाउपालिका अध्यक्ष रामसुर बुढा, बजेत उपप्रमुख मनकुमारी बिष्ट बुढा र आर्थिक विधेयक प्रवक्ता प्रवेश पुनले प्रस्तुत गर्नुभएको थियो । 

 

नीति कार्यक्रम तथा बजेटमा दफावार छलफल गरी पास गरिने गाउँ कार्यपालिकाले बताएको छ ।