• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

पत्रकार मदन ढकालकाे निधन

image not found

झापाका अग्रज पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ ।

६५ वर्षका उनी मधुमेह र मृगौला रोगबाट पीडित थिए । बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा उनकाे निधन भएको हो । ढकाल पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक थिए ।

२००९ जेठ १९ गते अनारमनी-१ मा जन्मिएका ढकाल २०२४ सालदेखि पत्रिका सम्पादन कार्यमा संलग्न छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका ढकाल अहिले पत्रकार महासंघका केन्द्रीय पार्षद रहेका छन् ।

ढकालले २०२४ सालमा शनिश्चरे माविको बार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त कार्यकारी सम्पादक भएर पत्रकारिता शुरु गरेका थिए ।