• अहिले तरंगमासाथि सँग मनका कुरा
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

क्रिकेटका विवश सहित ४ युवा सम्मानित

image not found

सानीभेरी समाचार डेस्क ।

रुकुम(पश्चिम)का चार युवा उत्कृष्ट युवा उद्यमि पुरस्कारबाट पुरस्कृत भएका छन् । उदाहरणिय काम गरेको भन्दै जिल्ला युवा समिति रुकुम(पश्चिम)ले जिल्लाका फरक फरक क्षेत्रका चार युवाहरुलाई जनहि चार हजार पाँच सय नगद, प्रमाण पत्र र दोसल्लाले पुरस्कृत गरेको हो । 

 

आज एक कार्यक्रमको आयोजना गरी क्रिकेटका विवश गिरी सहित कृषि पेशामा आवद्ध चार जनालाई पुस्कृत गरिएको हो । 

 

जिल्लाको क्रिकेट विकासमा टेवा पु¥याएको भन्दै रुकुम क्रिकेट टीमका कप्तान चौरजहारी एकका विवश गिरी, व्यवशायिक कृषि पेशामा लागि उदाहरणिय काम गरेको भन्दै तर मुसीकोट ११का विरवहादुर खड्का, मुसीकोट १२ का देविलाल खड्का र मुसीकोट १ का भुषण रावललाई पुरस्कृत गरियो । 

 

गिरीले केहि महिना अगाडि सुर्खेतमा आयोजित कर्णाली प्रदेश कप क्रिकेट प्रतियोगीतमा रुकुमलाई उपविजेता बनाउँन योगदान गरेका थिए । त्यस्तै खड्काद्धयले तरकारी खेति तथा रावलले माछा पालन व्यवशायमा लागेर उदाहरणिय बन्नुका साथै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । 

 

वर्षेनि उत्कृष्ट युवाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम अन्तरगत चार युवाहरुलाई पुरस्कृत गरिएको जिल्ला युवा समितिका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरस्कारका लागि आवेदन माग गरिएकामा चार जनाको मात्र आवेदन परेपछि सबै चारै जनालाई पुरस्कृत गरिएको हो । 

 

जिल्ला युवा समितिका अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठा, रेडियो सानीभेरीका समाचार प्रमुख मनिष खड्का, युवा समितिका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । 

 

समितिका सदस्य बिष्णु ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन समितिका सूचना अधिकृत पवन ओलीले गर्नुभएको थियो