• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

मोटरसाईकल चोरीमा संलग्न किशोर पक्राउ

image not found

सानीभेरी समाचार डेस्क । 

जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले मोटरसाईकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न भएको भन्दै मुसीकोट नगरपालिका १२ का १७ वर्षिय छपेन्द्र पुनलाई पक्राउ गरिएको हो । पुनले १५ गते राति साढे १२ बजेको समयमा मुसीकोट १२ पितिवाङका नन्दलाल रोकायको घरबाट रा.२ प. २५४४ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ । 

 

मोटरसाईकल चोरी भएको सूचना आएपछि खोजतलास गर्दा पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पुनले मुसीकोट नगरपालिका १३ पुलचोक भुमडाँडा भन्ने स्थानमा लुकाई छिपाई राखेको खुल्न आएको छ । पुनलाई शनिबार पक्राउ गरि मुद्दा दर्ता गरिएको डिएसपि खड्काले बताउनुभयो । 

 

उहाँलाई आईतबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको उहाँको भनाई छ । जिल्लामा पछिल्लो समय जिल्लामा मोटरसाईकल चोरीका घटना बढेका छन् । प्रहरीका अनुसार पछिल्लो एक महिनामा तीनवटा मोटरसाईकल चोरीका घटना भएका छन् । पुनको यसमा संलग्नता भए नभएको बारेमा पनि अनुसन्धान जारी रहेको डिएसपि खड्काले बताउनुभयो ।