• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाजस्ट रिक्वेयस्ट (थाहा)

ताजा अपडेट :

समाचार

पूर्ण रुपमा अपांग बालिकाले डेढ बर्षसम्म सुरक्षा भत्ता पाइनन्

image not found

डिल्लीबहादुर खत्री चौरजहारी १७ असार ।

रुकुम(पश्चिम)चौरजहारी नगरपालिकामा एक बालिकाले अपांग परिचयपत्र पाएको डेढ बर्षसम्म पनि सामाजिक सुरक्षा भत्ता पाएकी छैनन् । वडा नम्बर १ कि जिविका लामिछानेको परिवारले २०७३ माघमा रातो किसिमको परिचयपत्र बनाइदिए पनि उनले अहिलेसम्म सुरक्षा भत्ता पाउन सकेकी छैनन् ।

 

पूर्ण रुपमा अशक्त रहेकी लामिछाने संग रातो किसिमको अपांग परिचयपत्र भए पनि राज्यबाट पाउने सेवा सुबिधा नपाउँदा राज्यले नै ठकेको जस्तो भएको उहाँका बुवा अमर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले छोरीको उपचारको लागि धेरै खर्च ग¥यौं तरपनि साधारण मान्छे जस्तो बनाउन सकिएन’ । 

 

‘रातो किसिमको परिचयपत्र बनाएको डेढ बर्ष बित्यो नगरपालिकाको कार्यालयमा पनि ३ पटकसम्म दर्ता गरेका हौँ’ अब कहिलेबाट भत्ता पाउने केही थाह छैन, उहाँले भन्नुभयो । यसबारेमा नगरपालिकामा बुझ्न जाँदा सुरुमा मंसिर देखि सामाजिक सुरक्षा भत्ता पाउने आश्वासन दिएको र मंसिरमा जाँदा छुटेको रहेछ अब अर्को पटक पाइन्छ भनि टारेको लामीछानेले बताउनुभयो ।

 

यसबारेमा बुझ्दा चौरजहारी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत प्रदिप स्वर्णकारले नगरपालिकामा जिविकाको पुर्ण अशक्त भएको रातो किसिमको परिचयपत्र दर्ता भएको धेरै समय नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘जिविकाले सामाजिक सुरक्षा भत्ता गत मंसिर देखि पाउनुपर्ने हो, प्राविधिक कारण बस हुन् सकेन् यसपटक के छ बुझेर दिन्छौं’ । 

 

उहाँले पछिल्लो चौमासिकको भत्ता भने जसरी भए पनि दिने बताउनुभएको छ । सामाजिक सुरक्षा भत्ता पाउनका लागी नगरमा वर्र्षमा १ पटक मात्रै दर्ता गर्नुपर्ने तर जिविकाको एकपटक दर्ता गर्न छुटेर ढिला भएको उहाँको भनाइ छ ।

 

जिविकाको सुरक्षा भत्ता नआएको भए पनि प्रक्रिया मिलाएर दिने स्वर्णकारले बताउनुभयो । शरिर बांगिएको, हात खुट्टा नचल्ने र बोल्न नसक्ने पूर्ण रुपमा अशक्त जिविका अहिले ६ बर्षकी भएको पारीबारीक स्रोतले जनाएको छ ।