• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

सानीभेरी गाउँपालिकाको बजेट साढे ३४ करोड प्रस्ताव

image not found

सानीभेरी समाचार डेस्क १६ असार ।

रुकुम(पश्चिम)को सानीभेरी गाउँपालिकाको आठौं गाउँसभा तथा बर्खे अधिवेशन सुरु भएको छ । शुक्रबार उद्घाटन भएको गाउँसभा तथा अधिवेशनमा गाउँपालिकाको नीति, कार्यक्रम तथा अनुमानित बजेट पेश गरिएको छ । 

 

गाउँपालिका अध्यक्ष नरवहादुर पुनले शिक्षा र खानेपानीलाई प्राथमिकतामा पार्दै ३४ करोड ३० लाख २७ हजार बराबरको अनुमानित बजेट गाउँसभामा पेश गर्नुभएको छ । शिक्षालाई सुधार गर्दै लैजाने र एक घर एक धाराको अवधारणालाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको छ । 

 

सभामा पेश भएको अनुमानित बजेट संघीय सरकारबाट समानुकरण अनुदान मार्फत आठ करोड २४ लाख, राजश्व बाँडफाँड अनुदान मार्फत ६ करोड ४५ लाख, शसर्त अनुदान मार्फत ११ करोड ६४ लाख प्राप्त हुने उल्लेख गरिएको छ । 

 

त्यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदान अन्तरगत ५२ लाख ७७ हजार, गाउँपालिकाको गत वर्षको मौज्दात दुई करोड ६० लाख, आन्तरिक राजश्वबाट ५० लाख, गैरसरकारी संघ संस्थाबाट दुई करोड लगाएत अन्य शिर्षकबाट रकम प्राप्त हुने जनाईएको छ । 

 

आईतबार भोलीबाट नीति, कार्यक्रम तथा बजेटमा दफावार छलफल सुरु हुने र २१ गते बोलाईएको गाउँसभाबाट त्यसलाई पारीत गर्ने कार्यसुचि रहेको गाउँपालिकाले जनाएको छ । गाउ सभा तथा बर्खे अधिवेशनको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले उद्घाटन गर्नुभएको हो ।