• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

रुकुममा पनि १५ औं राष्ट्रिय धान दिवस मनाइयो

image not found

सानीभेरी समाचार डेस्क १५ असार ।

शुक्रबार असार १५ गते १५ औं राष्ट्रिय धान दिवस देशभरमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । ¥याली, रोपाई महोत्सव, लगाएत विभिन्न प्रतियोगिता लगायतका कार्यक्रम गरी धान दिवस मनाइएको हो ।

 

रुकुम पश्चिममा पनि मुसीकोट नगरपालिका अन्तरगत कृषि इकाईको आयोजनामा ¥याली, रोपाई कार्यक्रम र विभिन्न प्रतियोगीता गरी राष्ट्रिय धान दिवस २०७५ मनाइएको छ । मुसिकोट ४ सोलाबाङ बजारबाट निकालिएको ¥याली बैरागे ठाँटी हुँदै धान रोप्ने स्थानमा पुगी मंचको कार्यक्रममा परिणत भएको थियो ।

 

पंचेवाजा र प्ले कार्ड सहित निकालिएको ¥यालीपछि आयोजित मंचको कार्यक्रममा वोल्ने वक्ताहरुले कृषकहरुले धान खेतीलाई निर्वाहमुखी खेतीको रुपमा मात्र लिन नहुने वताएका छन् । परम्परागत खेती प्रणालीबाट उत्पादनमा वृद्धि नहुने भन्दै वक्ताहरुले यान्त्रिक प्रणालीको माध्यमबाट धानखेती गर्न कृषकहरुलाई सुझाव दिएका छन् ।

 

औपचारिक कार्यक्रमपछि सहभागिहरु धान रोपाई कार्यक्रममा समेत सहभागि भएका थिए । त्यस्तै विभिन्न ४ समुहबिचमा रस्साकसी प्रतियोगीता समेत भएको थियो । मुसिकोट नगरपालिका प्रमुख देबिलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्मुख राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद रेग्मी, मुसिकोट नगरपालिका उप प्रमुख प्रेमकुमारी सुनार, जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्का लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिध, राजनैतिक दल, पत्रकार, कृषक समुह लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको संचालन मुसिकोट नगरपालिका अन्तरगत कृषि इकाई संयोजक तथा बाली संरक्ष्ण अधिकृत मनोज पोखरेलले गर्नुभएको थियो । “उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि“ भन्ने मुल नाराका साथ धान दिवस मनाइएको हो । नेपालमा हरेक वर्ष असार १५ गते धान दिवस मनाउँदै आइएको छ ।