• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

२० हजार बढी अलैचिका विरुवा बिक्रि

image not found

सानीभेरी समाचार डेस्क १५ असार । समशीतोष्ण तरकारी वीउ उत्पादन केन्द्र रुकुम(पश्चिम)ले २० हजार बढी अलैचिका बिरुवा बिक्रि गरेको छ । केन्द्रले आफैले उत्पादन गरेका २० हजार बढी अलैचिका बिरुवा विक्रि गरेको हो । 

 

अघिल्लो वर्ष विक्रि हुन बाँकी आठ हजार बढी र यो वर्ष उत्पादन भएका गरी उक्त मात्रामा विरुवा बिक्रि गरिएको केन्द्रका प्रमुख, वरिष्ठ बागवानी विकास अधिकृत डा.रविन्द्रनाथ चौबेले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार २० हजार विरुवा मुसीकोट नगरपालिकाले मात्र खरिद गरेको हो । केहि बिरुवा भने फुटकरमा बिक्रि भएका छन् । प्रति बिरुवा १० रुपैयाका दरले अलैचिका विरुवा बिक्रि गरेको प्रमुख चौबेले बताउनुभयो । 

 

अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी विरुवा बिक्रि भएका छन् । अघिल्लो वर्ष १६ हजार बढी बिरुवा उत्पादन भएकामा आठ हजार बिरुवा मात्र बिक्रि भएका थिए । 

 

आठ हजार बढी विरुवा भने चाँपामा रहेको केन्द्रको नर्सरीमै थन्किएका थिए । माग गरेर पनि कालिकोटले नलिएपछि अघिल्लो वर्ष बिक्रि हुन नसकेका बिरुवा यो वर्ष बिक्रि भएको केन्द्रले जनाएको छ । 

 

यो वर्ष भने बिरुवा बाँकी नरहने केन्द्र प्रमुख चौबेले दाबी गर्नुभयो । अघिल्लो वर्ष बचेका र यो वर्ष उत्पादन भएका गरी यो वर्ष ३० हजार बिरुवा विक्रि गर्ने लक्ष रहेकोमा उक्त लक्ष पुरा हुने उहाँको भनाई छ । 

 

अव १० हजार बिरुवा फुटकर रुपमै विक्रि हुने चौबेले बताउनुभयो । अलैचिको विरुवा लगाउँनका लागि असार, श्रावणको महिना उपयुक्त हो । बाँकी विरुवा बेच्न लायक हुदै गरेको बताईएको छ । जिल्लामा दुई वर्ष अगाडि देखि अलैचिको विरुवा उत्पादन गर्न सुरु गरिएको हो ।