• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

बिगत ५ बर्ष देखि कुलाको दुषित पानी पिउँदै स्थानिय

सानीभेरी समाचार डेस्क १४ असार । 

रुकुम(पश्चिम)बाँफिकोट गाउँपालिका २ का विभिन्न ठाउँका स्थानियहरु लामो समय देखि दुषित पानी पिउँदै आएका छन् । खानेपानीको अभावमा २ नम्बर वडाका थारकाट्टे, बर्दिगैरा, काँक्रीबाङ, कोत्तल र बसिन टाकुराका स्थानीय नहर र कुलोको दुषित पानी प्रयोग गर्दैैै आएका हुन् ।

 

कोत्तल र बसिन टाकुराका बासिन्दाले राजाको कुलोेको पानी पिउदै आएका छन् भने थारकाट्ने, बर्दिगौरा र काँक्रीबाङका बासिन्दाले बिद्युत नहरको पानी पिउँदै आएका छन् । 

 

गाउँमा खानेपानीको अभाव हुँदा बिगत ५ बर्ष देखि आफुहरुले दुषित पानी प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् । ५ बर्ष अगाडि बसिना गैरीबाट आफ्नै लगानीमा पाइप मार्फत गाउँमा ल्याइएको पानी जिर्ण भए पछि आफुहरुले कुलाको पानी पिउन बाध्य भएको स्थानीय प्रजित गौतमले बताउनु भयो । 

 

हिउँद समयमा कुलाको पानी सफा भए पनि बर्षा सिजनमा भने बाढि मिसिदा पानी प्रदुषित हुने गरेको उहाँको भनाई छ । अहिले त्यहाँका करिब ४५ घरधुरीले कुलाको दुषित पानी प्रयोग गर्दै आएका छन् । 

 

त्यस्तै थारकाट्टेमा रहेको दिपेन्द्र निमाबिका बिद्यार्थीले समेत कुलाकै प्रदुषित पानी प्रयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक भागिराम पौडेलले जानकारी दिनुभयो ।