• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा विभिन्न प्रतियोगीता

image not found

सर्जना कार्की १२ असार रुकुम पूर्व । रुकुम(पुर्व)मा मंगलबार मावि स्तरिय कविता र वक्तृृत्वकला प्रतियोगिता सम्पन्न भएका छन् । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा जिल्ला समन्वय समितिले प्रतियोगीता आयोजना गरेको हो ।

 

‘हामी सबैको आवाज, लागू औषध मुक्त समाज’ भन्ने शिर्षकमा कविता र ‘स्वच्छ जीवन उच्च विचार, लागू औषध दुव्र्यसनिको गरौ बहिस्कार’ विषयक बक्तृत्वकला संचालन गरिएको थियो ।

 

विभिन्न ८ वटा विद्यालयले भाग लिएको कविता प्रतियोगितामा त्रिभुवन जनता मावि छिप्रदहकी चेतना केसि प्रथम हुनुभएको छ । त्यस्तै रुक्मिणी मावि रुकुमकोटकी प्रतीक्षा दाहाल र कोट मावि रुमाल बाराकी सुस्मिता परियार दृतिय तथा जनता मावि पोखराका मिलन खड्का तृतीय हुनुभएको छ ।

 

वक्तृत्वकला प्रतियोगीतामा भने रुक्मिणी मावि रुकुमकोटका अशोक गौतम प्रथम, जनता मावि पोखराका टङ्केश्वर केसि दृतिय र त्रिभुवन जनता मावि छिप्रीदहका एलिसा गौतम तृतीय हुनुभएको छ ।

 

प्रतियोगीतामा स्थान हाँसील गर्नेलाई नगद सहित प्रसंशापत्रले पुरस्कृत गरिएको छ । भने सहभागी सबै विद्यालयलाई कदर पत्रले सम्मान गरिएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख गजेन्द्रबहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणी दाहालले गर्नुभएको थियो ।