• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

जमिन बाँझो राख्नेलाई कारवाहि गर्ने

image not found

सानीभेरी समाचार डेस्क १३ असार । 

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाले आगामि आर्थिक वर्षका लागि भु उपयोगलाई प्राथमिकतामा पारेको छ । जमिन नै जननी हुन, जमिनको प्रयोगबाट नै समृद्धीको बाटोमा जान सकिन्छ भन्ने नाराका साथ नगरपालिकाले आईतबार भएको तेस्रो नगरसभामा भू उपयोग नीति प्रस्ताव गरेको छ । 

 

जसमा जमिन सदुपयोग नगर्नेलाई दण्ड सजायको नीति लागु गर्ने प्रस्ताव गरिएको छ । जमिन बाँझो हुने क्रम बढेपछि नगरपालिकाले जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र सदुपयोग नगर्नेलाई निरुत्साहित गर्नुका साथै दण्ड सजायको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत छ । 

 

साथै नगरपालिकाको भू भागलाई आठ भागमा विभाजन गरी यसको संरक्षण, उपयोग र व्यवस्थापन गर्ने नगर प्रमुख देविलाल गौतमले प्रस्तुत गरेको आगामि आर्थिक २०७५÷०७६ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

 

त्यस्तै नगरपालिकाले आफ्ना बालवालिकालाई बिद्यालय नपठाउँने अभिभावकहरुबाट अतिरिक्त सेवा शुल्क असुल्ने भएको छ । प्रत्यक बालवालिकाको शिक्षा, दिक्षाको व्यवस्था मिलाउँने पहिलो दायित्व अभिभावकको भएको भन्दै नगरपालिकाले बिद्यालय उमेर समुहका बालवालिकालाई पनि बिद्यालयमा नपठाएमा नगरपालिकाबाट दिईने सेवामा अतिरिक्त शुल्क लगाउँने तयारी गरेको हो । 

 

निशुल्क र अनिवार्य शिक्षा संघीय सरकारको नीति भित्र पर्ने भएकाले नगरपालिकामा यसको पुर्ण कार्यान्वयन गर्नका लागि नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने नगरपालिकाले जनाएको छ । 

 

नगरपालिकाले आगामि आर्थिक वर्ष २०७५÷०७६ लाई शारिरीक परिश्रम वर्षको रुपमा मनाउँने घोषणा समेत गरेको छ । परिश्रम गरौं स्वस्थ रहौं भन्ने मुल नाराका साथ आगामि वर्ष देखि नगरपालिकाका सबै वर्ग तहका सदस्यहरुले दैनिक कम्तिमा दुई घण्टा शारिरीक परिश्रमको व्यवस्था हुने नगरसभामा पेश भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

 

सम्पूर्ण विकास निर्माण तथा अन्य पुर्वाधार, कृषि, उत्पादन लगाएतका क्षेत्रहरुका योजनामा नगरवासीलाई जोड्न आवश्यक नीतिगत व्यवस्था गरिने बताईएको छ । नगरपालिकाले आगामि आर्थिक वर्षमा ७० किलोमिटर लम्बाईको शहिद चक्रपथ समेत निर्माण गर्ने भएको छ । 

 

सबै नगरवासीलाई रणनैतिक रुपले सडक आवागमणमा जोड्नका लागि नगरपालिकामा करिब ७० किलोमिटर लम्बाई भएको सहिद स्मृति चक्रपथ निर्माण गर्ने नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।