• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

ढोकामा ताला भित्र महिलाको शव फेला

image not found

सानीभेरी समाचार डेस्क १३ असार । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका–१, सल्लेमा एक महिलाको शव फेला परेको छ । आफ्नै घरको आफ्नै कोठामा ४५ वर्षीया आइती बुढाको शव मंगलबार फेला परेको हो । 

 

बाहिरबाट ताला लाएको अवस्थामा बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । मृतक बुढाका छोराले ताला फोडेर भित्र जा“दा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गर्नुभएको थियो । 

 

केही दिनदेखि कोठामा ताला लाइरहेको र आमालाई कतै नदेखेपछि ताला फोडेको मृतकका छोराले प्रहरीलाई बताउनुभएको छ । शव गन्हाउने अवस्थामा भेटिएकाले घटना पूरानो हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

 

मृतकको बाया निधारमा गहिरो चोट लागेको छ । घटना रहस्यमय देखिएकाले आवश्यक अनुसन्धान भैरहेको डिएसपी खड्काले बताउनुभयो । शवको जिल्ला अस्पतामा पोष्टमार्टम गरिसकेको छ ।