• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

मुसीकोट र चौरजहारीको बजेट सवा एक अर्व

image not found

सानीभेरी समाचार डेस्क ११ असार ।

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका र चौरजहारी नगरपालिकाले आगामि आर्थिक वर्ष २०७५÷०७६ को प्रस्तावित बजेट ल्याएका छन् । आइतबार भएको नगर सभामा दुई नगरपालिकाले प्रस्तावित बजेट प्रस्तुत गरेका हुन् । 

 

मुसीकोट नगरपालिकाले कुल ६५ करोड ६४ लाख ८८ हजार बजेट प्रस्ताव गरेको छ । जसमा चालु तर्फ २९ करोड ६ लाख ९६ हजार, पुँजिगत तर्फ ३६ करोड ५७ लाख ९२ हजार र वित्तिय व्यवस्थापन तर्फ २० लाख विनियोजन गरिएको छ । नगरपालिकाले आगामि आर्थिक वर्षमा दुई करोड २५ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष राखेको छ । 

 

त्यस्तै कुल बजेटमा चालु आर्थिक वर्षमा खर्च हुन नसकेको एक करोड ५२ लाख ३४ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँडबाट प्राप्त सात करोड ७६ लाख ६ हजार, वित्तिय समानिकरण अनुदान ११ करोड ३१ लाख र सशर्त अनुदान १९ करोड ९४ लाख ५० हजार, विशेष अनुदान १० करोड र समपुरक अनुदान पाँच करोड ८० लाख रहेको छ । 

 

यसैगरी प्रदेश सरकारबाट वित्तिय समानिकरण अुनदान ५३ लाख २३ हजार, राजश्व बाँडफाँडबाट सात करोड ७५ हजार, विशेष अनुदान पाँच करोड, समपुरक अनुदान २५ लाख, सशर्त अनुदान एक करोड तथा स्थानीय राजश्व बाँडफाँडबाट २० लाख स्रोत परिचालन हुने अनुमान गरिएको छ । 

 

संघीय सरकारबाट र प्रदेश सरकारबाट सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान तथा स्थानीय राजश्व बाँडफाँडबाट बजेट २३ करोड २५ लाख बजेट प्राप्त हुुनबाँकी रहेको नगर उपप्रमुख प्रेमकुमारी सुनारले नगरसभामा प्रस्तुत गरेको बजेट बक्तव्यमा उल्लेख गरिएको छ । 

 

नगर प्रमुख देविलाल गौतमले नीति तथा कार्यक्रम र उपप्रमुख प्रेमकुमारी सुनारले बजेट प्रस्तुत गर्नुभएको थियो । यसैविच चौरजहारी नगरपालिकाले भने ३६ करोड पाँच लाख १९ हजार एक सय २० रुपैंया बजेट प्रस्ताव गरेको छ । जसमा चालु तर्फ पाँच करोड ५५ लाख र पुँजिगत तर्फ सात करोड ९७ लाख नौं हजार रहेको छ । 

 

आज भएको नगरसभामा नगर प्रमुख विशाल शर्माले नीति तथा कार्यक्रम र उपप्रमुख राधा रोकाले बजेट प्रस्तुत गर्नुभएको हो ।