• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सल्यानको छहरे गुफा मन्दिर उद्घाटन

image not found

इन्द्रबहादुर बुढाथोकी बन्गाड कुपिण्डे, १० असार ।

सल्यानको बण्गाड कुपिण्डे नगरपालिका गर्चेबजार नजिकै रहेको छ्हरे गुफाको मन्दिर उद्घाटन गरिएको छ । मन्दीरको निर्माण कार्य सम्पन्न भएपछि वडा नम्बर ४ का वडा अध्यक्ष मोमत रोकाले मन्दीर उद्घाटन गर्नुभएको हो ।

 

नगरपालिकाको २ लाख आर्थीक सहयोगमा गुफामा मन्दीर निर्माण गरिएको बताईएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष रोकाले स्थानीय सरकारले वडा भित्र रहेका सम्पुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रलाई अझै प्राथमिकता दिदै जाने र त्यसमा पनि छहरे बाजेको गुफालाई विशेष प्राथमिकता दिने बताउनुभएको छ । 

 

मन्दीर उद्घाटन कार्यक्रममा बाजागाजा सहित स्थानीय झाँकी समेत प्रर्दशन गरिएको थियो । छहरे बाजेको गुफा नजिकै रहेको सल्लीबजार चौरजहारी सडकखण्डमा आवतजावत गर्ने गाडीहरु चल्दा चल्दै रोकिने गरेको र छहरे बाजेलाइ भेटी चढाए पछि गाडीहरू चल्ने गरेको स्थानियले बताएका छन् ।

 

उक्त गुफाको २ सय मिटर लम्बाई, ७० मिटर चौडाइ र ८० मिटर उचाई रहेको छ ।