• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

६ महिनामा ३२ मानव अधिकार उल्लंघनका घटना

image not found

सानीभेरी समाचार डेस्क असार १०,

बितेको ६ महिनामा रुकुम(पश्चिम)मा ३२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । २०१८ जनवरी देखि हालसम्म विभिन्न शिर्षकमा ३२ वटा मानव अधिकार उल्लंघनका घटना भएको तथ्यांक सार्वजनिक भएको छ ।  

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक, २०१९ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरी जिल्लामा पछिल्लो ६ महिनामा भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गरेको हो । 

  

इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा जिल्लामा सबै भन्दा बढि महिला बिरुद्ध हुने भेदभाव र दुव्र्यवहारका घटना रहेका छन् । उसका अनुसार महिला बिरुद्ध हुने भेदभाव र दुव्र्यवहारका सबैभन्दा बढी १४ वटा घटना रहेका छन् । 

 

त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका ६ वटा, गैरराज्य पक्षबाट धम्की तथा कुटपिट र बहुविवाहका चार÷चार वटा, अन्य पक्षबाट हत्याका दुई वटा, परिवार पक्षबाट हत्याको एक वटा र विद्यालयमा शारिरीक दण्ड सजायको एउटा घटना रहेको इन्सेकले जनाएको छ ।

 

इन्सके प्रतिनिधि मनिषा केसीले ६ महिनामा भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार यी सबै घटना प्रहरीमा दर्ता भएका घटना हुन ।