• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाजस्ट रिक्वेयस्ट (थाहा)

ताजा अपडेट :

समाचार

मोटरसाईकल चोरी भएको आठ घण्टामै प्रहरीले पत्ता लगायो

image not found

सानीभेरी समाचार डेस्क ।

 

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका १ खलंगाबाट चोरी भएको मोटरसाईल प्रहरीले पत्ता लगाएको छ । खलंगाका विश्व केसीको मोटरसाईकल शुक्रबार राति करिब २ बजेतिर चोरी भएको थियो । 

 

चोरी भएको सूचना पाएपछि मोटरसाईकलको खोजतलास सुरु गरेको र आठ घण्टामै मोटरसाईक फेला पारी मोटरसाईकल धनिलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार मुसीकोट नगरपालिका तीन खरखरेमा रोकि राकेको अवस्थामा शनिबार दिउँशो मोटरसाईकल फेला परेको हो । मोटरसाईकल चोरी भएकाले कडाई गर्न विभिन्न ठाउँमा रहेका प्रहरी युनिटलाई निर्देशन दिईएको र त्यसपछि कतैबाट उम्किन नसक्ने अवस्था आएपछि चोरले मोटरसाईकल छाडेर भागेको हुनसक्ने उहाँको भनाई छ । 

 

मोटरसाईकल चोरी गर्नेको खोजी कार्य जारी रहेको डिएसपी खड्काले बताउनुभयो । केसीको घरमै रोकि राखेको बा ४२ प ३९५७ नम्बरको पल्सर १ सय ५० सिसिको मोटरसाईकल शुक्रबार राति चोरी भएको थियो ।।