• अहिले तरंगमादलित आवाज
  • केहि छिनमानेपाल परिवेश (थाहा)

ताजा अपडेट :

समाचार

तेस्रो रुकुम ट्रायथलनमा हेमसागर पहिलो

image not found

सानीभेरी समाचार डेस्क ।

 

रुकुम(पूर्व)मा भएको तेस्रो रुकुम ट्रायथलन च्यम्पियनसिपमा ओखलढुंगाका हेमसागर सुवेदी पहिलो हुनुभएको छ । नेपाल ट्रायथलन एसोसियसन रुकुम(पूर्व)ले जिल्लाको सिस्ने गाउँपालिका पाँच रुकुमकोटमा आयोजना गरेको च्याम्पिएनसिपमा पाँच जिल्लाका १२ जनाले प्रतिस्पर्धा गरेकामा ओखलढुंगा लिखु गाउँपालिका चारका २३ वर्षिय सुवेदी पहिलो हुनुभएको हो । 

 

उहाँले ७ सय ५० मिटरको पौडि, २० किलोमिटर दुरीको साईकलिङ र पाँच किलोमिटरको दौड एक घण्टा २५ मिनेट ३५ सेकेण्डमा पुरा गर्दै पहिलो हुनुभयो । च्याम्पिएनसिपको दोस्रो स्थानमा काठमाडौंका १८ वर्षिय नितेश मानन्धर र तेस्रो स्थानमा रुकुम(पूर्व)का १८ वर्षिय पवन केसी रहनुभयो । 

 

दोस्रो हुने काठमाडौं महानगरपालिका बालाजुका मानन्धरले पौडि, साईकलिङ र दौड एक घण्टा ३० मिनेट र तेस्रो हुने रुकुम(पूर्व) सिस्ने गाउँपालिका ६ रुकुमकोटका केसीले पौडि, साईकलिङ र दौड सकाउँन एक घण्टा ३६ मिनेट ५३ सकेण्ड समय लगाउनुभयो । 

 

च्याम्पिएनसिममा रुकुम(पूर्व), (पश्चिम), काठमाडौं, ओखलढुंगा र रुपन्देहीका खेलाडिहरुले सहभागीता जनाएका थिए । विजयीहरुलाई मेडल, प्रमाण पत्रका साथै नगद प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र दिईएको च्याम्पिएनसिप संयोजक सुनिल रोकाले जानकारी दिनुभयो । 

 

च्याम्पिएनसिप संचालनमा सिस्ने गाउँपालिकाले आर्थिक तथा नेपाल ट्रायथल एशोसियसनले प्राविधिक सहयोग गरेको थियो । पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले उद्घाटन गर्नुभएको थियो । एक कार्यक्रमको आयोजना गरी विजयीहरुलाई पुरस्कृत गरिएको थियो ।   

 

नेपाल ट्रायथलन एसोसियसन रुकुम(पूर्व)का अध्यक्ष नरेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाको प्रमुख आतथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, नेपाल ट्रायथलन एसोसिएसनका केन्द्रीय अध्यक्ष निलेन्द्र श्रेष्ठ लगाएतको पनि आतिथ्यता रहेको थियो । 

 

कार्यक्रमको संचालन रेवन खड्काले गर्नुभएको थियो ।।