• अहिले तरंगमाविज्ञापन र सन्देश
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

सानीभेरी गाउँपालिकाले १० बर्षे गुरुयोजना बनाउँदै

 

सानीभेरी समाचार डेस्क बैशाख, २६ । १० वर्षे गुरुयोजना बनाउँदै सानीभेरी गाउँपालिका

रुकुम(पश्चिम)को सानीभेरी गाउँपालिकाले १० वर्षे गुरुयोजना बनाउँदै छ । आगामी १० वर्षमा गाउँपालिकालाई कस्तो बनाउँन सकिन्छ र कृषि क्षेत्रमा आमुल परिवर्तन कसरी गर्न सकिन्छ भनेर योजना बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । 

 

विषयगत रुपमा के को विकास कसरी गर्न सकिन्छ र कुन विकासलाई प्राथमिकता दिने भन्नेमा योजना बनाउँन लागिएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो । 

 

जसका लागि संस्कृति तथा पर्यटन विकास केन्द्र रुकुमको सहजीकरणमा गाउँपालिकाले एक हप्ते कार्यतालिका बनाई सम्भाव्यता अध्ययन सुरु गरेको छ । कृषि विज्ञ सहितको टोलिले गाउँपालिका भित्रका सवै वडा तथा विभिन्न क्षेत्रमा स्थलगत अध्ययन गरी प्रतिबेदन तयार पार्ने र उक्त प्रतिवेदनका आधारमा गुरुयोजना निर्माण हुने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

 

कृषि अनुसन्धान केन्द्र नार्क खजुरा बाँकेका कृषि बैज्ञानिक सन्तोष लोहनी सहितको टोलि सम्भाव्यता अध्ययनमा खटिएको छ । संस्कृति तथा पर्यटन विकास केन्द्र रुकुमका अध्यक्ष पहलसिंह घर्तीको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो ।