• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

बालगृह सुधार नभएपछि कानुनी कार्बाही शुरु हुदै

image not found

सानीभेरी समाचार डेस्क बैशाख, २६ । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका १, बागबजारमा रहेको वालगृहका संञ्चालकलाई कानुनी कार्बाहीको प्रक्रिया थालिने भएको छ । पहिलो पटक सुधार गर्न दिइएको निर्देशनलाई ब्यवास्ता गर्दै लामो समयसम्म पनि अनाथ वालगृहको मापदण्ड पुरा नगरेकोे नरसिङ हिमालय अनाथ वालगृहका संञ्चालक बिबेक बुढालाई कानुनी कार्बाहीको प्रक्रिया शुरु गरिने बताइएको छ । 

 

बुधबार जिल्ला वालकल्याण समितिको समन्वयमा मुसीकोट नगरपालिकाले बागबजारमा रहेको नरसिङ हिमालय अनाथ वालगृहको दोस्रो पटक अनुगमन गरेको थियो । अनुगमनको क्रममा अघिल्नो पटक सुधार गर्न दिइएको निर्देशन समेत पालना नगरि अनाथ वालगृहको मापदण्ड पुरा नगरिएको, भौतिक सेवा सुबिधाको उपलब्धता नभएको, वालगृह संञ्चालनको आयश्रोत नखुलेको र सरसफाइलाई पनि ध्यान नदिएको पाइएको थियो । 

 

अनुगमनपछि वालगृहमा राख्ने उपयूक्त आधार नभएका अर्थात अभिभावकहरुको साथमा भएका अधिकांश वालवालिकाहरु भेट्टिएको र मापदण्ड अनुसारको वालगृह नभएकोले तत्काल अभिभावकहरुको साथमा भएका वालवालिकाहरुलाइ नगरपालिका र जिल्ला वालकल्याण समितिको रोहबरमा अभिभावककै जिम्मा लगाउन संञ्चालक बिबेक बुढालाई निर्देशन दिइएको छ । 

 

वालगृहमा हाल रुकुम (पूर्ब)का ९ जना, र जुम्लाका २४ जना गरि जम्मा ३३ जना वालवालिका रहेको पाइएको छ । वालगृह संञ्चालक बुढाले कुनै किसिमको मापदण्ड पुरा नगरी वाल गृह संञ्चालन गरेकोले संञ्चालकलाई कानुनी कार्बाही समेत शुरु गरिने अनुगमन टोलीकी संयोजक एबं नगरपालिकाकी उप–प्रमुख प्रेमकुमारी सुनारले बताउनु भयो । 

 

यस जिल्लाका कुनै पनि वालवालिका उक्त वालगृहमा नभेट्टिएको र सबै वालवालिका जिल्ला बाहिरबाट ल्याइएको भन्दै उप–प्रमुख सुनारले ति वालवालिकाको पूर्नस्थापनाका लागि सम्बन्धीत जिल्लामा समेत खबर गरिएको बताउनु भयो । २०६८ सालमा दर्ता भइ पूर्बी रुकुमको तकसेरामा संञ्चालन गर्ने अनुमति लिएको वालगृह हाल रुकुम पश्चिमको मुसीकोटमा संञ्चालनमा रहेको छ । 

 

बुधबार बिहान गरिएको अनुगमन टोलीमा मुसीकोट नगरपालिकाकी उप–प्रमुख प्रेमकुमारी सुनार, नगर कार्यपालिकाका सदस्य एबं सामाजिक विकास समिति संयोजक शुसिल गौतम, जिल्ला वालकल्याण समितिका वालअधिकृत मानबिर ओली, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी सहायक निरिक्षक गोबिन्दा पन्थी, मुसीकोट नगर शिक्षा, युवा तथा खेलकुद इकाइका श्रोत ब्यक्ति घनश्याम बुढाथोकी, नेपाल पत्रकार महासंघ रुकुम शाखाका सहसचिब धनकुमार शाही, जिल्ला वाल संञ्जाल रुकुमका सदस्य लोकेन्द्र कठायत, मनोज बिसी लगायतको सहभागिता रहेको थियो ।