• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

बालविवाह गर्न लागेका बालवालिका विहे मण्डपबाटै नियन्त्रणमा

image not found

सानीभेरी समाचार डेस्क 

बैशाख, २४ ।

 

रुकुममा उमेर नपुगि बिहे गर्न लागेका बाल वालिकालाई प्रहरीले मण्डपबाटै नियन्त्रणमा लिएको छ । मुसीकोट नगरपालिका १० मा उमेर नपुगि बिहे गर्न लागेको खवर पाएपछि झुल्खेतबाट खटिएको प्रहरीले बालबालिकालाई नियन्त्रणमा लिएर बिवाह रोकेको हो । 

 

मुसीकोट १० का बालक र ९ की बालिका विचमा सामाजिक परम्परा अनुसार बिवाहको कार्य चलिरहेको बेला प्रहरीले मण्डपबाटै उनिहरुलाई नियन्त्रणमा लिएको हो । 

 

केटा र केटीको परिवारले उनिहरुको उमेर पुगेको दाबी गरेपनि उमेर पुगेको प्रमाण खुल्ने कुनै कागत नदेखाएपछि बिहे रोकेको प्रहरीको भनाई छ । दुवै पक्षलाई आज छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाईएको छ । 

 

जिल्ला बालकल्याण समिति, मुसीकोट नगरपालिका र नगर बाल सञ्जालको रोहबरमा छलफल हुने प्रहरीले जनाएको छ ।