• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

क्रिकेट संघ रुकुमको कार्यालय उद्घाटन

image not found

सानीभेरी समाचार डेस्क 

बैशाख, २३ ।

 

जिल्ला क्रिकेट संघ रुकुमको कार्यालय उद्घाटन गरिएको छ । मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले रिवन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै प्रमुख गौतमले जिल्लाको क्रिकेट विकासका लागि यो एउटा महत्वपुर्ण कदम भएको बताउनुभयो । क्रिकेट संघ स्थापना भएपछि जिल्लाको क्रिकेट विकासमा ठुलो टेवा पुगेको उहाँले चर्चा पनि गर्नुभयो । क्रिकेट विकासका लागि अहिलेसम्म नगरपालिकाले सहयोग गरेको र अवका दिनमा पनि नगरपालिकाले सहयोग गर्ने आश्वासन दिनुभयो । क्रिकेटले जिल्लाको नाम उचो राखेको भन्दै उहाले थप विकासको आवश्यकता औल्याउनुभयो । ‘जिल्लाको क्रिकेट विकासका लागि क्रिकेट संघले नेतृत्व गर्नुपर्छ उनले भने–तपाईहरु अगाडि बढ्नुहोस हामि पछाडिबाट सहयोग गर्छौ ।’ 

 

जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक बाँठामगरले सरोकारवालाको सहयोग बिना क्रिकेट विकासको सम्भावना नरहेको बताउनुभयो । संघ मात्रले केहि गर्न नसक्ने भएकाले यसमा नगरपालिका लगाएतका सबैको सहयोग आवश्यक रहेको उनको भनाई छ । जिल्लामा भौतिक पूर्वाधार लगाएतको अभावमा पनि रुकुमले क्रिकेटमा कर्णाली प्रदेशमै दबदबा जमाउँन सफल भएको भन्दै उनले अव जिल्लाको क्रिकेट विकासका लागि थप चुनौति रहेको बाँठाले बताए । ‘हामीले अभावकै विचमा पनि यो स्थानसम्म आईपुग्न सफल भएका छौं, उनले भने–अव पनि यस्तै तरिकाले अगाडि बढ्न सकिदैन्, राज्यले ध्यान नदिने हो भने क्रिकेट विकास सम्भव छैन् ।’ 

 

२०७२ सालमा रुकुममा क्रिकेट संघ स्थापना भएपछि रुकुमले क्रिकेटमा ठुलो फड्को मारेको छ । भर्खरै कर्णाली प्रदेशको सुर्खेतमा भएको पहिलो कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगीतामा रुकुम उपविजेता भएको थियो । भने भर्खरै भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा रुकुमका २ खेलाडिले खेलेका थिए । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य टेकवहादुर ओली, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छविलाल ओली, क्रिकेट संघका पदाधिकारी तथा खेलाडिहरुको सहभागीता रहेको थियो । मुसीकोट नगरपालिका १ खलंगाकाको माथिल्लो बजारमा क्रिकेट संघको कार्यालय राखिएको छ ।