• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

image not found

सानीभेरी समाचार डेस्क

बैशाख, २३ ।

 

बैशाख २७ देखि जेठ ७ गते सम्म संचालन हुने रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सदरमुकाम मुसीकोट खलंगामा हुने महोत्सव स्थलमा अहिलेसम्म स्टल निर्माणदेखि अतिथि बोलाउने, कार्यक्रम तय गर्ने लगायतका काम भैसकेका छन् । अहिले महोत्सव मुल समारोह समिति महोत्सवको प्रचार प्रसारमा केन्द्रीत भएको छ । महोत्सव अवधिभर ६० हजार दर्शक भित्र्याउने तयारीका साथ प्रचार प्रसारलाई दिईएको समितिका अध्यक्ष केशव रावलले बताउनुभयो । अध्यक्ष रावलका अनुसार जिल्ला भित्र, छिमेकी जिल्ला तथा अन्य जिल्लामा पनि प्रचार प्रसार जारी छ । 

 

१२ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै जिल्लाको साँस्कृतिक चलन, भेषभुषा, नाचगानको प्रचार प्रसार गर्ने उद्देश्य राखिएको छ । ‘यो महोत्सबाट रुकुम केहो भनेर चिनाउँने उद्श्य लिईएको छ, अध्यक्ष रावलले भन्नुभयो, हामीले जति सक्यो रुकुमको स्थानीय ब्राण्ड प्रर्दशन र विक्री गर्ने उद्देश्य राखेका छौं ।’ महोत्सवमा सबै किसिमका गरी एकसय वटा स्टल तयार भैसकेका छन् । महोत्सवमा राखिएका स्टलबाट स्वास्थ्य, शिक्षा, पर्यटनसँग सम्बन्धित देखि कृषि, पशु, सम्मका आवश्यक सामग्री पाइनेछन् ।

 

महोत्सव उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन आउने कार्यक्रम तय गरिएको छ । त्यसका साथै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाही, जिल्लाका सांसद लगायत पनि महोत्सव उद्घाटनमा सहभागिता हुने छन् । महोत्सव पश्चात रुकुमको पर्यटकीय चिनारी भिडियो डकुमेन्ट्री निर्माण, पर्यटकीय पुस्तक चिनारी प्रकाशन गरी रुकुमको समग्र प्रचार प्रसारमा टेवा पु¥याईने छ । महोत्सवका लागि ‘प्राकृतिक सुन्दरता हाम्रो सान, कमल ताल र सिस्ने हाम्रो मान, साँस्कृतिक विविधता बीच एकता हाम्रो पहिचान’ भन्ने नारा तय गरिएको छ । 

 

यसैविच महोत्सव अवधिमा एक लाख पुरस्कार राशिको खुला पुरुष भलिबल, ३० हजार पुरस्कार राशिको मयुर नाँच प्रतियोगिता, दश हजार पुरस्कार राशिको आमा समूह विशेष कला प्रर्दशनी, दश हजार पुरस्कार राशिको भूम्या नाँच कला प्रर्दशनी, दश हजार राशिको पैसेरु नाँच, दश हजार पुरस्कार राशिको सिंगारु नाँच, दश हजार पुरस्कार राशिको सोरठी नाँच र ३० हजार पुरस्कार राशिको रुकुम डान्स आइडल सञ्चालन हुनेछ ।