• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

मुख्यमन्त्रीद्धारा प्रदेश प्रमुखसंग भेटघाट

image not found

सानीभेरी समाचारदाता

सुर्खेत, ९ वैशाख । 

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटघाट गर्नुभएको छ । आईतवार विहान साढे ११ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनालसमक्ष पेश गर्नुभएको थियो । 

 

मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्वन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको शनिवार सम्पन्न मन्त्रीपरिषद वैठकले चालु आर्थिक वर्ष २०७४÷७५को लागि प्रदेश सरकारको नीती तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो । 

 

सोमवार वस्ने कर्णाली प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।