• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

गाडि दुर्घटनामा परी चौरजहारी नगर प्रमखु सहित ७ घाईते

image not found

सानीभेरी समाचार डेस्क

४, बैशाख ।

 

बिद्यार्थीलाई निशुल्क पोषाक वितरण गर्न जादै गर्दा गाडि दुर्घटना हुँदा रुकुम(पश्चिम) चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्मा सहित सात जना घाईते भएका छन् ।  नगरपालिकाको कार्यालय विजयश्वरीबाट वडा नम्बर ५ को आधारभुत बिद्यालय लहरेसिमल जादै गर्दा वडा नम्बर ६ को मेलैनाउलिमा गाडि दुर्घटना भएको हो । भे १ झ २४३ नम्बरको नगरपालिकाको गाडि आज बिहान ९ः४५ बजेतिर मेलैनाउँलीमा दुर्घटनामा परेको हो । 

 

दुर्घटनामा परी ४३ वर्षिय नगर प्रमुख शर्मा सहित नगर कार्यपालिका सदस्य चौरजहारी वडा नं. ५ का ४३ वर्षिय लोकेन्द्र परियार, चौरजहारी नगरपालिका ३ का ४५ वर्षिय तेजवहादुर बटाला, गाडि चालक चौरजहारी नगरपालिका ७ का ४५ वर्षिय रामलाल शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी घाईते हुने अन्यमा चौरजहारी नगरपालिका वडा नम्बर ४ की ३४ वर्षिया कमला बुढाथोकी, वडा नम्बर २ की ३४ वर्षिया पार्वती न्यौपाने र वडा नम्बर ७ का ४५ वर्षिय रामप्रसाद आचार्य रहनुभएको छ । घाईते मध्य नगर प्रमुख शर्माको बाँया हात भाँचिएको र टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

 

उहाँ खतरा मुक्त रहेको र अन्य घाईतेको अवस्था पनि सामान्य रहेको बताईएको छ । नगर प्रमुख शर्मालाई चौरजहारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने अन्य घाईतेहरुको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । प्रहरीका अनुसार गाडि सडकबाट करिब १ सय मिटर तल खसेको थियो । नगर प्रमुख शर्मा सहितको टोली बिद्यार्थीलाई पोषाक वितरण गरी आजै नगरपालिकाको वडा नम्बर ११ खोलागाउँ पुग्ने कार्यक्रम रहेको थियो ।।