• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चुनावी प्रतिवद्धता पुरा गर्दै जनार्दन शर्मा प्रभाकर

image not found

‘हरेक नागरीकलाई घरछेउमै विशेषज्ञ स्वास्थ्य सेवा’ 

सानीभेरी समाचारदाता

चैत्र १२/काठमाण्डौं । 

पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरले रुकुमका हरेक नागरीकका लागि घर छेउमै विशेषज्ञ स्वास्थ्य सेवा पुरयाउने वताउनुभएको छ । काठमाण्डौंमा सम्पन्न ल्याव टेक्नीसियनहरुको तालिम समापन समारोहमा वोल्दै प्रभाकरले रुकुमका सवै नागरीकले आफनै घरछेउवाट विशेषज्ञ स्वास्थ्य सेवा पाउन वताउनुभएको हो । 

 

सवै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने साँसद शर्माको योजना वमोजिम अव रुकुम (पश्चिम)का ६ वटै स्थानिय तहमा एकएक वटा सुविधासम्पन्न स्वास्थ्य प्रयोगशाला स्थापना हुनेछन । घरछउमै रहेका प्रयोगशालामा स्वास्थ्य परिक्षण गरि त्यसको रिपोर्ट विशेषज्ञ डक्टरकोमा पुरयाएर डक्टरको प्रेस्क्रीप्सनको आधारमा विरामीलाई प्रयोगशाला संगै रहेको फार्मेशीवाट औषधि उपलब्ध गराईनेछ । स्थानिय तहको वजेट व्यवस्थापनमा स्थापना गरिने प्रयोगशालाको रिपोर्ट विशेषज्ञ डक्टरसमक्ष पुर्याउन र डक्टरको प्रेस्क्रीप्सन प्रयोगशालामा पुर्याउनका लागि टेलिफोन र ईमेल सेवाको प्रयोग गरिनेछ । अहिले तत्काल टेलीमेडिसेन्टरको अवधारणामा काम हुने साँसद शर्माले वताउनुभयो । साँसद शर्माले यो सेवावाट विकट गाँउमा रहेका गरीव तथा विपन्न समुदायले विशेष लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।  

 

स्थानिय तहमा सुविधा सम्पन्न अस्पत्ताल निर्माणको दिर्घकालीन योजना कार्यान्वयन नहुँदा सम्मको लागि यस्तो योजना अगाडि ल्याईएको साँसद शर्माको भनाई छ । ‘नागरिकको स्वास्थ्य उपचार पाउने मौलिक हकको कार्यान्वयनका लागि यो योजना महत्वपुर्ण हुनेछ’ ¬– साँसद शर्माले भन्नुभयो– ‘निकट भविश्यमै हामी सवै स्थानिय तहमा सुविधासम्पन्न सरकारी अस्पत्ताल निर्माण गर्नेछौं’ । 

 

प्रयोगशाला स्थापनाको लागि तयारी पुरा :

यो योजना कार्यान्वयनका लागि सवै स्थानिय तहले स्वास्थ्य प्रयोगशाला स्थापनाको सवै तयारी पुरा गरेका छन् । प्रयोगशाला स्थापनाकै लागि मुसीकोट नगरपालिकाले २ जना र अन्य स्थानिय तहले १÷१ जना तिन वर्षे ल्याव टेक्नीसियन छनौट गरेर काठमाण्डौंमा रहेको संम्येक डाईग्नोस्निकको सहकार्यमा उनीहरुको प्रयोगात्मक तालिम समेत सम्पन्न गरिएको छ । साँसद शर्माको अनुरोधमा संम्येक डाईग्नोस्टीकले ल्याव टेक्नीसियनहरुलाई १ महिने निशुल्क तालिम दिएको हो । ल्याव टेक्नीसियनहरुसंगै आवश्यक सामाग्री पठाईने र लगत्तै सवै स्थानिय तहमा प्रयोगशाला स्थापना गरि सेवा दिईने छ । 

 

प्रयोगशाला स्थापनाको लागि आवश्यक वजेट व्यवस्था तथा अन्य भौतिक पुर्वाधारको सवै तयारी पुरा गरिएको स्थानिय तहहरुले जनाएका छन् ।