• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

‘संभावना र समृद्धिको नयाँ नाम कर्णाली हो’ : पुर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)

image not found

२ चैत्र/काठमाण्डौं । 

पुर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले अवको १० वर्ष भित्र कर्णाली प्रदेशलाई सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न संभव भएको धारणा व्यक्त गर्नुभएको छ । 

कर्णाली प्रदेश सरकारको आयोजनामा आज ललितपुरको कुपोण्डलमा आयोजित कर्णाली प्रदेशको विकास र समृद्धिको आधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पुर्वमन्त्री प्रभाकरले कर्णालीको प्राकृतिक श्रोतलाई सही रुपमा परिचालन गरेमा आगामी १० वर्षमा समृद्ध प्रदेश निर्माणको सम्भावना भएको वताउनुभएको हो । ‘अहिले कर्णाली प्रदेशलाई अति गरीब प्रदेशको रुपमा लिइने गरिन्छ’ अन्तरक्रिया कार्यक्रममा वोल्दै पूर्वमन्त्री प्रभाकरले भन्नुभयो – ‘मेरो विचारमा कर्णाली सम्भावना, सामाजिक न्याय र समृद्धिको नयाँ नाम हो’ । 

पूर्वमन्त्री प्रभाकरले कर्णाली प्रदेश सरकारलाई तत्कालै प्राकृतिक श्रोतको नक्साँकन गर्दै त्यसको परिचालनको योजना निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले कर्णाली प्रदेशको जलश्रोतको मात्रै उपयोग गर्दा सिंगै मुलुकले भोगिरहेको खर्वौंको अन्तराष्ट्रिय व्यापार घाटालाई शुन्य झार्न सकिने धारणा राख्नुभयो । त्यसैगरी कर्णालीलाई पर्यटकीय पुर्वाधारको विकास गरि विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने वताउनुभयो । ‘यसका लागि मानसरोवर, छायानाथ, रारालगायतका क्षेत्रलाई जोडेर विविधतायुक्त पर्यटकीय सर्किट निर्माण गर्न सरकारले ध्यान देओस’–मन्त्री प्रभाकरले भन्नुभयो । 

कर्णालीको समृद्धिको अर्को महत्वपुर्ण आधार कृषि, जडीवुुटी, वन र खानी भएको उहाँले वताउनुभयो । कर्णाली प्रदेश सरकारलाई भुमीको अधिकतम प्रयोग मार्फत कृषिको विकास, जडीवुटीको उपयोग र युरोनियम तथा पेट्रोलियम पदार्थ लगायतका खनिज पदार्थको उत्खननको योजना निर्माणका लागि पुर्वमन्त्री प्रभाकरले आग्रह गर्नुभयो । ‘सामान्य अवस्थाको योजना र कार्यशैलीले कर्णाली प्रदेशको अहिलेको अवस्था परिवर्तन गर्न सम्भव छैन हामीले विगवुस दिन जरुरी छ’ कर्णाली प्रदेशलाई सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माणका लागि ‘विगवुस’ विशेष धक्काको आवश्यकता रहेको चर्चा गर्दै उहाँले भन्नुभयो–‘प्रदेश सरकारको नेतृत्वमा कर्मचारी संयन्त्र, स्थानिय सरकार, जनता सवैले २० घण्टा काम गर्न तयार हुनुपर्छ’ । उहाँले सरकारले काम गरेको कुरा फाईलमा नभई जनताको जीवनमा देखिनुपर्नेमा जोड गर्नुभयो । 

अन्तरक्रिया कार्यक्रममा वोल्दै माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका नेता प्रभाकरले यी सवै योजना निर्माण र कार्यान्वयन र सरकार संचालनका लागि प्रदेश सरकार र प्रदेश सभाको पहिलो दायित्व कानुन निर्माण भएको वताउनुभयो । अहिले शुन्य जस्तो अवस्था देखेर निराश नहुन आग्रह गर्दै पुर्वमन्त्री प्रभाकरले भविश्यको सुन्दर र समृद्ध प्रदेशको सपना देखेर अगाडि वढ्नुपर्ने वताउनुभयो ।  

कर्णाली प्रदेश निर्माणका प्रमुख नेताका रुपमा रहेका प्रभाकरले दुई वर्ष अघि नै विरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशको विकास सम्वन्धि आफनो अवधारणा सार्वजनिक गर्नुभएको थियो ।